Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, कार्तिक ०६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २५ मिनेट 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • ३७ मिनेट 

बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
  • ४५ मिनेट 

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
  • ५३ मिनेट 

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
  • १ घण्टा 

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
  • १ घण्टा 

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
  • २ दिन 

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?
  • ३ दिन 

जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

  • २. प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

  • ३. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • ४. प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

  • ५. दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान

  • ६. आज मन्त्रिपरिषद् बैठक बस्दै

  • ७. नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’

  • ९. बेसहारा महिलालाई घर

  • १०. नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु


  •   बिहिबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
  • ५ कात्तिक, काठमाडौं । साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।

    Advertisement

    घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् । बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सिमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै रोकिएको थियो ।

    त्यसपछि खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुगेको थियो । भग्नावशेष खस्दा केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको थियो । मन्त्रालयले ड्रोन कसले प्रक्षेपण गरेको भन्नेबारे भने खुलाएको छैन । तर पछिल्लो समय हुथी विद्रोहीहरुले यमनबाट साउदी अरबमा आक्रमण गर्दै आएका छन् । पछिल्लो घटना साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणको शृंखलाकै हिस्सा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

    साउदीमा शृंखलाबद्ध आक्रमण बुधबार साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते छन् । गत साता अक्टोबर ११ मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएका थिए ।

    त्यसको अघिल्लो दिन, अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए । गत महिना हुथी विद्रोहीको ड्रोनलाई बीचमै रोक्ने क्रममा खसेको भग्नावशेष लागेर साउदी अरबमा एक यमनी नागरिकको मृत्यु भएको थियो । रिपोर्टहरूका अनुसार हुथी समूहले आक्रमण तीव्र पारेपछि साउदी अरबमा भएको त्यो पहिलो सर्वसाधारणको मृत्यु थियो । यसै महिनाको सुरुमा साउदी अरबको पूर्वी प्रान्तस्थित अराम्कोको एक केन्द्रमा भएको आक्रमणपछि प्रशासनिक भवनमा सीमित आगलागी भएको ऊर्जा मन्त्रालयले जनाएको थियो ।

    यमनमा हुथी विद्रोही र साउदीसमर्थित सरकारी सेनाबीच पुन: द्वन्द्व चर्किएसँगै क्षेत्रीय तनाव बढेको छ । चार वर्षसम्म कायम रहेको युद्धविराम भंग भएपछि यमनको द्वन्द्व थप चर्किएको हो । यसैबीच, अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले बुधबार यस्तो निर्णय हुथी विद्रोहीका आक्रमण, विशेषगरी विमानस्थललाई लक्षित गरिएका हमलासँग सम्बन्धित रहेको बताएका छन् । ‘विदेश मन्त्रालयका कर्मचारी र उनीहरूका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो । उनीहरूको संरक्षण र सहयोगका लागि आवश्यक सबै कदम चालिरहनेछौँ,’ पिगोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    बिहिबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
    पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
    बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
    मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
    अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    लोकप्रिय

    • १.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • २.
      प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

    • ३.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • ४.
      प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं

    • ५.
      दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने

    • ६.
      आज मन्त्रिपरिषद् बैठक बस्दै

    भर्खरै

    • १.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    • २.
      पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

    • ३.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

    • ४.
      मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

    • ५.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • ६.
      साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    • ७.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • ८.
      लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation