Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
  • ८ मिनेट 

दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
  • १३ मिनेट 

बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
  • १६ मिनेट 

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
  • ३ दिन 

चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
  • ३ दिन 

दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने
  • ३ दिन 

पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी
  • ३ दिन 

बेसहारा महिलालाई घर
  • ३ दिन 

अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

  • २. प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

  • ३. प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

  • ४. दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान

  • ५. आज मन्त्रिपरिषद् बैठक बस्दै

  • ६. नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

  • ७. अब डिजिटल वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

  • ८. चितवनका केरा किसानले पाएनन् उचित मूल्य

  • ९. कांग्रेसको १५ औँ महाधिवेशन : मतगणना सकियो

  • १०. अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’

बेसहारा महिलालाई घर


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • चितवन,असोज ३० – विदेशिएका मनकारी नेपालीले बेसहारा बनेकी महिलालाई घर बनाइदिएका छन् । जङ्गली हात्तीले घर भत्काइदिएपछि बेसहारा बनेकी उदयपुरकी ७६ वर्षीया एकल वृद्धालाई कतारमा रहेका उदयपुरका युवाहरूले आर्थिक सहयोग जुटाएर घर बनाइदिएका हुन् ।

    Advertisement

    त्रियुगा नगरपालिका–७ तिलबारीकी दलमाया रिखाम मगरको गत माघमा जङ्गली हात्तीले घर भत्काइदिएको थियो । घरविहीन बन्नुभएकी दलमायाका लागि प्रवासी सेवा समाज कतार उदयपुरले आर्थिक सहयोग सङ्कलन गरेर घर बनाइदिए पछि उहाँ दङ्ग पर्नुभएको छ ।

    प्रवासी सेवा समाज कतार उदयपुरका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरका युवाहरूबाट रु दुई लाख सङ्कलन गरी जस्ताको छाना भएको घर निर्माण गरिदिएका हुन् । सङ्कलन गरिएको रकमबाट आवश्यक निर्माण सामग्री खरिद गरिएको थियो भने स्थानीयवासीले काठपात, ढुङ्गा, गिट्टी र बालुवा सहयोग गरेका थिए । “कतारमा रहेका उदयपुरे युवाहरूबाट रु दुई लाख सङ्कलन गयौँ । त्यसबाट आवश्यक निर्माण सामग्री किन्यौँ । स्थानीयवासीले पनि सामग्री सहयोग गर्नुभयो ।

    सबैको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएका छौँ,” कटुवालले भन्नुभयो । दलमायाले १५ वर्षअघि श्रीमान् गुमाउनुभएको थियो । उहाँका एक छोरा भए पनि उहाँ काठमाडौँमा मजदुरी गर्दै आएका छन् । एक्लै बस्दै आउनुभएकी दलमायाको दैनिकी एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा चल्दै आएको छ ।

    आर्थिक अभावबीच जीवन गुजार्दै आएकी उनलाई जङ्गली हात्तीले पुरानो घरसमेत भत्काइदिएपछि बसोबासको थप समस्या परेको थियो । समाजका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको फुसको घर थियो । हात्तीले घर भत्काएपछि उनलाई सुरक्षित आवासको आवश्यकता महसुस गरी संस्थाको पहलमा नयाँ घर निर्माण गरिएको हो । नयाँ घर पाएपछि दलमाया पनि खुसी भएकी छन् । अभावबीच जीवन बिताउँदै आएकी उनले अब सुरक्षित घरमा दसैँ मनाउन पाउनुभएको छ । “एकल महिला भत्ता र आफन्तको सहयोगमा खाद्यान्नको जोहो गर्दै आएकी छु । अब नयाँ घरमा दसैँ मनाउने छु,” खुसी हुँदै दलमायाले भन्नुभयो ।रासस

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
    दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
    बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
    अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
    चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
    दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    लोकप्रिय

    • १.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • २.
      प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

    • ३.
      प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं

    • ४.
      दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने

    • ५.
      आज मन्त्रिपरिषद् बैठक बस्दै

    • ६.
      बेसहारा महिलालाई घर

    भर्खरै

    • १.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    • २.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

    • ३.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

    • ४.
      अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

    • ५.
      चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

    • ६.
      दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    • ७.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • ८.
      बेसहारा महिलालाई घर

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation