Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
  • ६ मिनेट 

दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
  • १० मिनेट 

बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
  • १४ मिनेट 

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
  • ३ दिन 

चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
  • ३ दिन 

दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने
  • ३ दिन 

पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी
  • ३ दिन 

बेसहारा महिलालाई घर
  • ३ दिन 

अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

  • २. पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

  • ३. प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

  • ४. आज मन्त्रिपरिषद् बैठक बस्दै

  • ५. दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान

  • ६. अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’

  • ७. बेसहारा महिलालाई घर

  • ८. नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

  • ९. अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

  • १०. अब डिजिटल वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

चितवनका केरा किसानले पाएनन् उचित मूल्य


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • चितवन,असोज ३०- किसानले एक कोसा केरा रु तीनदेखि चारमा बिक्री गर्ने गरेका छन् । त्यही केरा उपभोक्ताले प्रतिकोसा रु १० मा खरिद गर्न बाध्य छन् । रु तीनमा खरिद गरेर रु १० मा झन्डै ३३४ प्रतिशत नाफा लिएर केरा बिक्री गर्न पल्किएका बिचौलियाका कारण उपभोक्तहरु भरपुर ठगिएका हुन् ।

    Advertisement

    बडादसैँ नजिकिँदै गर्दा पनि केरा उत्पादक किसानले भने केराको उचित मूल्य पाउन सकेका छैनन् । तर, बिक्रेताले भने फाइदैफाइदा लिएका छन् । तीजपछि केराले मूल्य पाउन नसक्दा किसानले सधैँ उस्तैउस्तै मूल्यमा केरा बिक्री गर्न बाध्य छन् । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार अहिले किसानले प्रतिकोसा रु तीनदेखि चारका दरले बिक्री गर्न बाध्य छन् भन्नुहुन्छ । व्यवसायीले किसानहरुलाई उचित मूल्य दिन कठिन मान्ने गरेको उहाँले बताउनुभयो । अहिले देशभसर केरा उत्पादन भएकाले केराको मूल्य पाउन सकेका छैनन् ।

    उहाँले भन्नुभयो, “केरा सस्तोमा बिक्री नगरे बारीमा नै मिल्काउनुपर्ने अवस्था छ । अहिले केराको मूल्य किसानले पाउन सकेका छैनन् ।” बजारमा उपभोक्ताले किन्दा दर्जनको रु १०० देखि रु १५० सम्म पाउने गरेको उहाँले बताउनुभयो । पहिले रु २०० सम्म उपभोक्ताहरुले पाउने गरेका थिए । किसानले मूल्य पाएको समयमा प्रतिकोसा रु पाँचदेखि आठसम्म जी नाइन र मालभोग प्रतिकोसा रु १० सम्म पाएका थिए । अहिले मूल्य घटेर जी नाइन रु तीन र मालभोग रु चारसम्ममा प्रतिकोसा बिक्री भइरहेको छ ।

    जिल्लामा तीन हजार बिघा क्षेत्रफलमा ७०० किसानले केरा लगाउँदै आएका छन् । बार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । यस वर्ष केराको क्षेत्रफलसमेत बढेकाले उत्पादन पनि बढ्ने उहाँले बताउनुभयो । जिल्लामा सात लाख केराको बिरुवा बढेकाले उत्पादन पनि १० हजार मेट्रिक टन बढेर ८० हजार पुग्ने अनुमान गरिएको छ । केरा उत्पादन हुने मुख्य समय भएकाले केराको मूल्य घटेको हुनसक्ने उहाँले बताउनुभयो । नेपालमा केराखेती गर्ने किसानको साझा संस्था नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त राज्यले बजार अनुगमन गरेर मूल्य समायोजन नगर्दासम्म उपभोक्ता मारमा पर्ने बताउनुहुन्छ । कृषकले सस्तोमा दिने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था अन्त्यका लागि स्थानीय प्रशासनले बजार अनुगमनमा कडाइ गरेर मूल्यमा एकरुपता ल्याउनुपर्ने छ ।

    सरकारले गत वर्षको असोज ६ गते केरा आयातमा रोक लगाउने निर्णय गरेसँगै पुस ६ गतेबाट पूर्णरुपमा आयातमा प्रतिबन्द गरिएको थियो । जसका कारण नेपालमा उत्पादन भएका केराले मूल्य पाएको उहाँले बताउनुभयो । देशभरि व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेपछि नेपाल केरामा आत्मनिर्भर बन्दै गएको छ । नेपाललाई हरेक वर्ष नौ लाख मेट्रिक टन केरा आवश्यक पर्छ । अघिल्लो वर्ष चार हजार बिघा क्षेत्रफलमा लगाएको केराखेती यस वर्ष २४ हजार बिघा क्षेत्रफलमा फैलिएको छ । पहाडी क्षेत्रमा समेत किसानले केराखेती गर्न थालेको उहाँले बताउनुभयो । नेपालमा अहिले आठ हजार किसानले व्यावसायिक रुपमा केराखेती गर्ने गरेका छन् ।रासस

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
    दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
    बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
    अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
    चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
    दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    लोकप्रिय

    • १.
      प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

    • २.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • ३.
      प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं

    • ४.
      आज मन्त्रिपरिषद् बैठक बस्दै

    • ५.
      दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने

    • ६.
      चितवनका केरा किसानले पाएनन् उचित मूल्य

    भर्खरै

    • १.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    • २.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

    • ३.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

    • ४.
      अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

    • ५.
      चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

    • ६.
      दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    • ७.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • ८.
      बेसहारा महिलालाई घर

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation