Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
  • ३२ मिनेट 

दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
  • ३७ मिनेट 

बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
  • ४० मिनेट 

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
  • ३ दिन 

चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
  • ३ दिन 

दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने
  • ३ दिन 

पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी
  • ३ दिन 

बेसहारा महिलालाई घर
  • ३ दिन 

अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

  • २. पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

  • ३. प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

  • ४. दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान

  • ५. आज मन्त्रिपरिषद् बैठक बस्दै

  • ६. अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’

  • ७. बेसहारा महिलालाई घर

  • ८. नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

  • ९. अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

  • १०. अब डिजिटल वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?


  •   सोमबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • काठमाडौंः काठमाडौंको थापाथली सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो। चुरा पनि लगाउन नपाएर सकियो। अब दसैँ र तिहार आएको छ।

    Advertisement

    चाडपर्वको आगमनले उनलाई घरविहीन हुनुपरेको, अघिल्ला वर्षको चाडका दिन सम्झना आउँछ।  घर, रोजगारी गुमेपछि कहाँ जाने, कसरी चाड मनाउने भन्ने चिन्ता थपिएको छ। अघिल्लो वर्ष घर हुँदा परिवार सँगै बस्ने गरेपनि यस वर्ष के गर्ने भन्ने टुंगो नरहेको उनले बताइन्। ‘हामीजस्तो गरिबलाई चाड के हो ? दसैँ के हो ? तिहार के हो ?’ उनले थपिन्, ‘पहिला आफैँ काम गरेर सानो झुप्रो भए पनि परिवारसँग बस्थ्यौँ, खान्थ्यौँ, रमाइलो गथ्र्यौँ। वैशाख १२ गते घर भत्किएपछि परिवार साथमा छैन। कोही कता, कोही कता छन्।’ तीजमा चुरा पनि किनेर लगाउन नसकेको उनले सुनाइन्।

    उनी विगत ६ महिनादेखि होल्डिङ सेन्टरमा बस्दै आएकी छन्। सुरुका तीन महिना कीर्तिपुरको होल्डिङ सेन्टरमा बसेकी उनलाई त्यसपछि भक्तपुरको बोडेमा सारिएको थियो। सरकारले छानबिन गर्ने भन्दै आफूहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राखे पनि त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्नेबारे कुनै टुंगो नलागेको उनको भनाइ छ।

    होल्डिङ सेन्टरमा बस्नका लागि ठाउँ ठीकै रहेको तर जीविकोपार्जनको समस्या भएको उनले बताइन्।विस्थापित हुनुअघि आफूहरू बसेको ठाउँ वरपर ठूला घर रहेको र त्यहाँ काम गरेर गुजारा चलाउने गरेको उनले सुनाइन्।  मासिक १०–१२ हजार रुपैयाँ कमाइ हुँदा पनि खानलाउन पुगेको थियो। तर, घर भत्किएर होल्डिङ सेन्टरमा आएपछि रोजगारीको अवसरसमेत गुमेको छ। ‘अहिलेसम्म सरकारले बिहान–बेलुकाको खाना दिएको छ। तर, यसरी कति दिन बस्ने ? सरकारले छिटो दीर्घकालीन बासस्थानको व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसपछि काम गरेर परिवारसँग बसेर खान सकिन्थ्यो।’ शंखमुलको सुकुम्बासी बस्तीबाट विस्थापित पवन गुरुङलाई पनि दसैँको मुखमा आफ्नै घर नहुनुको पीडाले सताएको छ।

    हाल संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष उनी वैशाख ८ गते खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएका थिए। घर भत्काउनुअघि नै बासस्थानको व्यवस्था गर्न सुझाव दिएको भएपनि त्यसलाई बेवास्ता गरिएको र अहिले आफूहरू बिचल्लीमा परेको उनको गुनासो छ। होल्डिङ सेन्टरमा दालभात उपलब्ध रहेको तर सबैको आवश्यकता पूरा नभएको उनी बताउँछन्। विशेषगरी बिरामी र बालबालिकाले आवश्यक पोसिलो आहार पाउन नसकेको उनको भनाइ छ। उनकाअनुसार घर भत्काइएको दुई महिनापछि सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ दिएको थियो। तर, त्यसपछि भाडामा बस्नेहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने भनिए पनि कसैले उक्त रकम नपाएको उनको गुनासो छ।

    सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्ने र लालपुर्जा उपलब्ध गराउने आश्वासन पटकपटक पाएको भए पनि कहिले जग्गा पाइन्छ भन्ने टुंगो नलागेको गुरुङ बताउँछन्। होल्डिङ सेन्टरमा बसिरहेका परिवारको मुख्य चिन्ता अहिलेको खानपानभन्दा पनि दीर्घकालीन बासस्थान र जीविकोपार्जनको माध्यम के बनाउने भन्ने छ। ‘संसद्मा बोल्दा मन्त्रीले सुकुम्बासीलाई जग्गा दिने हो, पिर गर्नुपर्दैन भन्नुभएको छ,’ उनले प्रश्न गरे, ‘पीडितलाई जग्गा कहिले बाँड्ने ? हामी मरिसकेपछि ?’

    सोमबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
    बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
    अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
    चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
    दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने
    पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    लोकप्रिय

    • १.
      प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

    • २.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • ३.
      प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं

    • ४.
      दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने

    • ५.
      आज मन्त्रिपरिषद् बैठक बस्दै

    • ६.
      अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना

    भर्खरै

    • १.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    • २.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

    • ३.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

    • ४.
      अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

    • ५.
      चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

    • ६.
      दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    • ७.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • ८.
      बेसहारा महिलालाई घर

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation