• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
  • ९ घण्टा 

अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
  • १ दिन 

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
  • १ दिन 

चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
  • १ दिन 

भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
  • १ दिन 

कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
  • १ दिन 

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
  • १ दिन 

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
  • २ दिन 

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

  • ३. रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

  • ४. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ५. चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

  • ६. अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

  • ७. साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

  • ८. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

  • ९. कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

  • १०. मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह


  •   शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २२ – श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। उनले निरन्तरको अवरोधले संसद्को समय खेर गएको र जनतामा गलत सन्देश गएको बताए।

    Advertisement

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संसद् अवरुद्ध भइरहँदा जनताले आफ्ना प्रतिनिधिलाई हेरिरहेको भन्दै जतिसक्दो छिटो राजनीतिक सहमतिमार्फत निकास निकाल्नुपर्ने बताए। उनले भने, ‘म चाहिँ यो विषयमा अगाडिदेखि नै सकेभर छिटो टुङ्ग्याऔँ भन्ने पक्षमा छु। जनताले तपाईं–हामीलाई उनीहरूको प्रतिनिधि बनाएर पठाएका हुन्। उहाँहरू हामीलाई हेरिरहनुभएको छ। यस्तो अवस्थामा हामीले कति वर्षसम्म यही विषयमा मात्रै छलफल गरिरहने ? समस्याको समाधान खोज्नैपर्छ।’

    उनले संसदमा आफ्नो पार्टीले संकल्प प्रस्तावसमेत अघि सारेको स्मरण गर्दै राजनीतिक दलहरूले एकअर्कालाई दोषारोपण गर्नेभन्दा समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखे। उनले भने, ‘देशलाई माया गर्ने हो भने कसले के भन्यो भनेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ। मान्छेबाट गल्ती हुन सक्छ, तर गल्ती स्वीकार गरेर समस्याको निकास निकाल्नुपर्छ। समाधान नखोज्ने हो भने हामी कहिलेसम्म यही ढंगले अघि बढ्ने ?’ दलका नेता, प्रधानमन्त्री र सभामुखबीच छलफलमार्फत छिट्टै निष्कर्ष निकाल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संसद् सञ्चालनलाई प्रभावकारी बनाउन आग्रह गरे।

    उनले भने, ‘दुई–दुई महिना सदन अवरुद्ध भइरहने हो भने बरु दलका नेता, प्रधानमन्त्री र सभामुख बसेर यसको निष्कर्ष निकाल्नुपर्छ। यसको समाधान सडकमा होइन, यही संसद्भित्र खोजिनुपर्छ।’ सांसद राईले संसद् अवरोधका कारण समय र स्रोतको दुरुपयोग भइरहेको उल्लेख गर्दै सांसदहरूले आफ्नो समय जनताका समस्या उठाउन खर्चिनुपर्ने बताए। उनले भने, ‘एक जना सांसदले चार मिनेट मात्रै बोल्दा पनि हरेक बैठकमा हामीले कति समय खेर फालिरहेका छौँ भन्ने हिसाब गर्नुपर्छ। यो जनताको अपेक्षाअनुसारको काम होइन।’

    सरकारले दिएको स्पष्टीकरणबारे आफूहरूले अध्ययन गरेको उल्लेख गर्दै उनले उठाइएका विषयको अझै प्रभावकारी समाधान हुन नसकेको बताए। उनले भने, ‘सरकारले दिएको स्पष्टीकरणका विषयमा हामीले अध्ययन गरेका छौँ। जनताले पनि सबै कुरा देखिरहनुभएको छ। धेरै विषय उठे, तर अहिलेसम्म त्यसको उचित समाधान भएको छैन भन्ने हाम्रो निष्कर्ष छ। त्यसैले सभामुखज्यूको पहलमा समस्याको समाधानको एउटा बिन्दु खोजौँ। संसद्लाई फेरि दुर्गन्धित बनाउने होइन, निकास दिने बाटो खोज्नुपर्छ।’

    शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
    अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
    सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
    चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
    भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
    कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण :

    • ३.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति,

    • ४.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ५.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा

    • ६.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा

    भर्खरै

    • १.
      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

    • २.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

    • ३.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

    • ४.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

    • ५.
      भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

    • ६.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    • ७.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

    • ८.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation