• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
  • २ मिनेट 

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
  • ७ मिनेट 

चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
  • ३८ मिनेट 

भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
  • ४८ मिनेट 

कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
  • ४ घण्टा 

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
  • ४ घण्टा 

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
  • १ दिन 

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • ५ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ३. रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

  • ४. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • ५. सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

  • ६. अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

  • ७. मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

  • ८. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

  • ९. पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

  • १०. चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम


  •   मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित
  • काठमाडौं, कात्तिक १० –

    Advertisement

    वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने बताएकी छन् । उनले बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा प्रभाव पर्न सक्ने देखिएको बताइन् ।

    पोखरेलका अनुसार अर्णब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको छ । उक्त चक्रवात भोलिसम्म भारतको विशाखापट्टनम आसपास जमिनमा प्रवेश गर्ने सम्भावना रहेको छ । जमिनमा प्रवेश गरेपछि भने यो पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने पूर्वानुमान गरिएको छ ।

    उनले भनिन्, ‘आज र भोलिलाई मौसम सामान्यतया सफा नै छ । अर्णब चक्रवात बङ्गालको खाडीमा रहेको छ । भेरी सिभियर साइक्लोनिक स्ट्रोम धेरै शक्तिशाली चक्रवातको रुपमा बङ्गालको खाडीमा छ, यो जमिनमा विशाखापट्टनममा ल्यान्डफल जमिनमा आउन सक्ने देखिएको छ । जमिनमा आइसकेपछि विस्तारै पश्चिम उत्तर पश्चिमतिर लाग्ने देखिएको छ ।’

    क्षेत्रीय विशेष मौसम केन्द्रबाट जारी चक्रवातको मार्गअनुसार नेपाल नजिक आइपुग्दा यसको शक्ति निकै कमजोर हुने र न्यून चापीय क्षेत्र वा चक्रवातीका रूपमा प्रभाव पार्न सक्ने मौसमविद् पोखरेलले बताइन् ।

    चक्रवातको सम्भावित मार्ग नेपाल आसपास देखिएकाले सतर्कता अपनाउनु पर्ने उनले बताइन् ।

    यसैलाई ध्यानमा राखेर मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबारका लागि चेतावनी जारी गरेको छ । महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिनसमेत जारी गरिसकेको छ ।

    पछिल्लो मौसम विवरणअनुसार चक्रवातको तीव्रतामा केही कमी आएको भए पनि उच्च हिमाली क्षेत्रमा सतर्कता अझै आवश्यक रहेको पोखरेलले बताइन् ।

    चक्रवातको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम रहेको उनले बताइन् ।

    यतिबेला धान काट्ने मौसमसमेत भएकाले मध्यम वर्षाले समेत कृषि क्षेत्रमा असर पार्न सक्ने भन्दै मौसमविद्ले किसानलाई समयमै धान भित्र्याउन आग्रह गरिन् । विशेषगरी बिहीबारअघि नै धान काट्ने तथा सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

    त्यस्तै, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पदयात्रामा रहेका पर्यटक तथा अन्य व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । उच्च क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न वा सम्भव भएसम्म तल्लो क्षेत्रमा झर्नसमेत अनुरोध गरिएको छ ।

    मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
    चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
    भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
    कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
    पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
    रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ३.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति,

    • ४.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको

    • ५.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण :

    • ६.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा

    भर्खरै

    • १.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

    • २.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

    • ३.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

    • ४.
      भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

    • ५.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    • ६.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

    • ७.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    • ८.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation