१० कात्तिक, धनगढी । कञ्चनपुरमा प्रहरीले १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ भने तीन जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
आइतबार र सोमबार गरेर प्रहरीले १० लाख ४९ हजार ३८५ बराबरको अवैध सामान बरामद गरेर कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ ।
यस्तै, तीन लाख ७४ हजार २२५ बराबरका कपडा, खाद्यान्न र किरानाका सामान पनि बरामद गरिएको छ । सोमबार भने अवैध सामान ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले भीमदत्त नगरपालिका–१८ को कारागार रोडबाट एक लाख ५७ हजार बराबरको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ बस्ने ५० वर्षीय लप्टन चौधरी, ११ बस्ने किसनदत्त जोशी र वडा नं.१७ बस्ने लबराज चटौत रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकल, चेक स्पोकेट, ब्रेक र प्लाष्टिक बरामद गरिएको छ ।
