• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
  • १० मिनेट 

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
  • १५ मिनेट 

चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
  • ४६ मिनेट 

भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
  • ५६ मिनेट 

कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
  • ४ घण्टा 

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
  • ४ घण्टा 

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
  • १ दिन 

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • ५ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ३. रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

  • ४. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • ५. सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

  • ६. अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

  • ७. मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

  • ८. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

  • ९. पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

  • १०. चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह


  •   मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित
  • नारायणगढ (चितवन), कात्तिक १० – शिक्षा विकास तथा समन्वय इकाइ, चितवनले जिल्लाका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

    Advertisement

    इकाइले जिल्लाका सम्पूर्ण विद्यालयलाई पत्राचार गर्दै शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोग व्यवस्थित बनाउन र कानुनी व्यवस्थाको पालना गर्न अनुरोध गरेको हो। शिक्षा नियमावली, २०५९ को नियम १३३ मा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्था रहेको छ।

    उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा वा विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी लेख प्रकाशित गर्ने, सञ्चारमाध्यमलाई खबर दिने, रेडियो वा टेलिभिजनबाट भाषण प्रसारण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य प्रकाशित गर्ने कार्यमा प्रतिबन्ध लगाइएको पत्रमा उल्लेख छ। त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ८ मा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्यबारे स्पष्ट व्यवस्था गरिएको इकाइले जनाएको छ।

    इकाइले शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा कानुन र आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ। कानुनी व्यवस्था तथा आचारसंहिता पालना नगरेको पाइएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) अनुसार नियमन गरिने पत्रमा उल्लेख छ। इकाइ प्रमुख कृष्णचन्द्र पौडेलद्वारा हस्ताक्षरित पत्रमा विद्यालयका शिक्षक तथा कर्मचारीलाई कानुनी व्यवस्थाको पूर्ण पालना गराउन सम्बन्धित विद्यालयलाई अनुरोध गरिएको छ।

    मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
    सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
    भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
    कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
    पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
    रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ३.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति,

    • ४.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको

    • ५.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण :

    • ६.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा

    भर्खरै

    • १.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

    • २.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

    • ३.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

    • ४.
      भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

    • ५.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    • ६.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

    • ७.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    • ८.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation