Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, साउन २२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
  • ४ घण्टा 

प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
  • ५ घण्टा 

देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
  • ६ घण्टा 

संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
  • ६ घण्टा 

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
  • १० घण्टा 

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
  • १० घण्टा 

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
  • १० घण्टा 

बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय
  • १० घण्टा 

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ५. सुनकोशी नदीमा कार खस्यो

  • ६. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • ९. फरार प्रतिवादी पक्राउ

  • १०. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • ढोरपाटनः जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ। बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो।

    Advertisement

    पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले बताए। उनका अनुसार जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायत पुर्जालाई परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको हो।

    स्वरूप परिवर्तन गरी चलाइएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्रमा प्रत्यक्ष असर पर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले त्यस्ता सवारीसाधनलाई कारबाही गरिएको प्रमुख वरिष्ठ नायब निरीक्षक कुँवरले बताए। कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्डअनुरूप राख्न लगाइएको उनको भनाइ छ। कुँवरले भने, ‘बजार क्षेत्रमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा ध्वनी प्रदूषण हुने गरेको छ। प्रायजसो रातिको समयमा जथाभावी रूपमा चर्को आवाज निकालेर मोटरसाइकल चलाउने जनगुनासो आएपछि प्रहरीले सक्रियता बढाएको हो। हामीले यसभन्दा अगाडि पनि सात वटा मोटरसाइकल नियन्त्रणमा लिएर रु ५२ हजार राजस्व उठाएका थियौँ।’ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सवारीसाधनको स्वरूप परिवर्तन गरी सवारीसाधन चलाउँदा रु सात हजारदेखि रु १५ हजारसम्म जरिवाना लाग्ने व्यवस्था छ। गत साउन यता दुई हजार ९०० बढी मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको कुँवरले जानकारी दिए।

    बागलुङ नगरपालिका–२ का कृष्ण श्रेष्ठले राति सुतेको बेला बन्दुक पड्काए जसरी आवाज आउने गरी मोटरसाइकल चलाउँदा निन्द्राबाट ब्युउँझिने र मुटुनै ढुकढुक हुने बताए। यसले वृद्धवृद्धा र बालबालिकालाई बढी असर पार्ने गरेकाले प्रहरीले त्यस्ता मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न जरुरी रहेको उनको भनाइ छ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
    प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
    संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
    भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ५.
      सुनकोशी नदीमा कार खस्यो

    • ६.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    भर्खरै

    • १.
      काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

    • २.
      प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग

    • ३.
      देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    • ४.
      संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह

    • ५.
      स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

    • ६.
      भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

    • ७.
      २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

    • ८.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation