Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • ७ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • ८ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • ८ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १० घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १० घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १० घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • ११ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • ११ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • ९. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

  • १०. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव


  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २० – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सूचना तथा सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरेका छन् । उनले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी) का अपेक्षाअनुसार काम गर्नुपर्ने भए पनि पाँच महिनाको अभ्यासले त्यसको विपरीत अवस्था देखिएको बताए ।

    Advertisement

    विप्लवले भने, ‘सबै जनताको आशा र हाम्रो पनि सामान्य अपेक्षा थियो कि यत्रो विद्रोहको जनादेशपछि आएको सरकारले केही न केही जेनजीका भावना र जनताका आकांक्षा तथा अपेक्षाअनुरूप काम गर्छ । तर पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेतृत्वको सरकार बनेकोप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् ।

    बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन् ।’ उनले विद्रोहको भावनाबाट सम्पन्न निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनका अनुसार जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन र चकनाचुर हुन थालेका छन् ।

    विप्लवले नयाँ पुस्तामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै जेनजी विद्रोहीहरूले पुनः सडकबाट आफ्ना आवाज उठाउन थालेको बताए । उनले देशमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको दाबी गरे । उनका अनुसार जेनजीको मुख्य माग भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्नु थियो । सुरुमा सरकारले त्यसतर्फ केही संकेत देखाए पनि एक साताभित्रै आफ्नो दिशा परिवर्तन गरेको उनको आरोप छ ।

    ‘विद्रोहको भावबाट भएको चुनावबाट आएको सरकार जसरी चल्नुपथ्र्यो, त्यो दिशामा गएन । जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन, चकनाचुर हुन थालेको हामी देख्छौं । जेनजी विद्रोहीहरूले पनि फेरि सडकबाट आफ्ना आवाजहरू उठाउन थालेका छन् । मुख्यतः नयाँ पुस्ता असन्तुष्ट बन्दै गइरहेको चित्र हाम्रो अगाडि छ ।

    एक प्रकारले अकल्पनीय ढंगले जनतामा फेरि आन्दोलनको स्थिति, संघर्षको स्थिति र विद्रोहको वातावरण बन्न थालेको हामी देख्छौं । सुरुमा सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने छनक दिएको थियो । तर एक सातामै राज्य भ्रष्टाचारीविरुद्ध होइन, जनताविरुद्ध दमनमा उत्रियो,’ उनले भने । विप्लवले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गर्न थालेको आरोप लगाउँदै भ्रष्टाचारमा आरोपित व्यक्तिहरूको प्रभाव बढ्दै गएको दाबी गरे ।

    ‘अहिले भ्रष्टाचारीहरूको स्वर झन् ठूलो भएको छ । उनीहरू सडक हुँदै सत्तामा आउन थालेका छन् । जेल परेका भ्रष्टाचारीहरू पनि धरौटीमा वा विनाधितो धमाधम रिहा भइरहेका छन् । यसले जनता आश्चर्यचकित भएका छन्,’ उनले भने ।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
    हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation