• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
  • १ दिन 

अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
  • २ दिन 

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
  • २ दिन 

चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
  • २ दिन 

भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
  • २ दिन 

कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
  • २ दिन 

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
  • २ दिन 

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
  • ३ दिन 

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

  • २. सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

  • ३. अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

  • ४. चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

  • ५. कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

  • ६. पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

  • ७. भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

  • ८. लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव


  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २० – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सूचना तथा सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरेका छन् । उनले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी) का अपेक्षाअनुसार काम गर्नुपर्ने भए पनि पाँच महिनाको अभ्यासले त्यसको विपरीत अवस्था देखिएको बताए ।

    Advertisement

    विप्लवले भने, ‘सबै जनताको आशा र हाम्रो पनि सामान्य अपेक्षा थियो कि यत्रो विद्रोहको जनादेशपछि आएको सरकारले केही न केही जेनजीका भावना र जनताका आकांक्षा तथा अपेक्षाअनुरूप काम गर्छ । तर पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेतृत्वको सरकार बनेकोप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् ।

    बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन् ।’ उनले विद्रोहको भावनाबाट सम्पन्न निर्वाचनपछि बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनका अनुसार जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन र चकनाचुर हुन थालेका छन् ।

    विप्लवले नयाँ पुस्तामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै जेनजी विद्रोहीहरूले पुनः सडकबाट आफ्ना आवाज उठाउन थालेको बताए । उनले देशमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको दाबी गरे । उनका अनुसार जेनजीको मुख्य माग भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्नु थियो । सुरुमा सरकारले त्यसतर्फ केही संकेत देखाए पनि एक साताभित्रै आफ्नो दिशा परिवर्तन गरेको उनको आरोप छ ।

    ‘विद्रोहको भावबाट भएको चुनावबाट आएको सरकार जसरी चल्नुपथ्र्यो, त्यो दिशामा गएन । जनताका अपेक्षाहरू फेरि पनि टुक्रिन, चकनाचुर हुन थालेको हामी देख्छौं । जेनजी विद्रोहीहरूले पनि फेरि सडकबाट आफ्ना आवाजहरू उठाउन थालेका छन् । मुख्यतः नयाँ पुस्ता असन्तुष्ट बन्दै गइरहेको चित्र हाम्रो अगाडि छ ।

    एक प्रकारले अकल्पनीय ढंगले जनतामा फेरि आन्दोलनको स्थिति, संघर्षको स्थिति र विद्रोहको वातावरण बन्न थालेको हामी देख्छौं । सुरुमा सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने छनक दिएको थियो । तर एक सातामै राज्य भ्रष्टाचारीविरुद्ध होइन, जनताविरुद्ध दमनमा उत्रियो,’ उनले भने । विप्लवले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गर्न थालेको आरोप लगाउँदै भ्रष्टाचारमा आरोपित व्यक्तिहरूको प्रभाव बढ्दै गएको दाबी गरे ।

    ‘अहिले भ्रष्टाचारीहरूको स्वर झन् ठूलो भएको छ । उनीहरू सडक हुँदै सत्तामा आउन थालेका छन् । जेल परेका भ्रष्टाचारीहरू पनि धरौटीमा वा विनाधितो धमाधम रिहा भइरहेका छन् । यसले जनता आश्चर्यचकित भएका छन्,’ उनले भने ।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
    अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
    सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
    चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
    भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
    कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    लोकप्रिय

    • १.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति,

    • २.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण :

    • ३.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा

    • ४.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा

    • ५.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३

    • ६.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र

    भर्खरै

    • १.
      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

    • २.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

    • ३.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

    • ४.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

    • ५.
      भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

    • ६.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    • ७.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

    • ८.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation