Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, साउन २२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
  • ५ घण्टा 

प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
  • ६ घण्टा 

देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
  • ७ घण्टा 

संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
  • ७ घण्टा 

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
  • ११ घण्टा 

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
  • ११ घण्टा 

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
  • ११ घण्टा 

बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय
  • ११ घण्टा 

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ५. सुनकोशी नदीमा कार खस्यो

  • ६. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • ९. फरार प्रतिवादी पक्राउ

  • १०. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह

  •   शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २२ – श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। उनले निरन्तरको अवरोधले संसद्को समय खेर गएको र जनतामा गलत सन्देश गएको बताए।

    Advertisement

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संसद् अवरुद्ध भइरहँदा जनताले आफ्ना प्रतिनिधिलाई हेरिरहेको भन्दै जतिसक्दो छिटो राजनीतिक सहमतिमार्फत निकास निकाल्नुपर्ने बताए। उनले भने, ‘म चाहिँ यो विषयमा अगाडिदेखि नै सकेभर छिटो टुङ्ग्याऔँ भन्ने पक्षमा छु। जनताले तपाईं–हामीलाई उनीहरूको प्रतिनिधि बनाएर पठाएका हुन्। उहाँहरू हामीलाई हेरिरहनुभएको छ। यस्तो अवस्थामा हामीले कति वर्षसम्म यही विषयमा मात्रै छलफल गरिरहने ? समस्याको समाधान खोज्नैपर्छ।’

    उनले संसदमा आफ्नो पार्टीले संकल्प प्रस्तावसमेत अघि सारेको स्मरण गर्दै राजनीतिक दलहरूले एकअर्कालाई दोषारोपण गर्नेभन्दा समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखे। उनले भने, ‘देशलाई माया गर्ने हो भने कसले के भन्यो भनेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ। मान्छेबाट गल्ती हुन सक्छ, तर गल्ती स्वीकार गरेर समस्याको निकास निकाल्नुपर्छ। समाधान नखोज्ने हो भने हामी कहिलेसम्म यही ढंगले अघि बढ्ने ?’ दलका नेता, प्रधानमन्त्री र सभामुखबीच छलफलमार्फत छिट्टै निष्कर्ष निकाल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संसद् सञ्चालनलाई प्रभावकारी बनाउन आग्रह गरे।

    उनले भने, ‘दुई–दुई महिना सदन अवरुद्ध भइरहने हो भने बरु दलका नेता, प्रधानमन्त्री र सभामुख बसेर यसको निष्कर्ष निकाल्नुपर्छ। यसको समाधान सडकमा होइन, यही संसद्भित्र खोजिनुपर्छ।’ सांसद राईले संसद् अवरोधका कारण समय र स्रोतको दुरुपयोग भइरहेको उल्लेख गर्दै सांसदहरूले आफ्नो समय जनताका समस्या उठाउन खर्चिनुपर्ने बताए। उनले भने, ‘एक जना सांसदले चार मिनेट मात्रै बोल्दा पनि हरेक बैठकमा हामीले कति समय खेर फालिरहेका छौँ भन्ने हिसाब गर्नुपर्छ। यो जनताको अपेक्षाअनुसारको काम होइन।’

    सरकारले दिएको स्पष्टीकरणबारे आफूहरूले अध्ययन गरेको उल्लेख गर्दै उनले उठाइएका विषयको अझै प्रभावकारी समाधान हुन नसकेको बताए। उनले भने, ‘सरकारले दिएको स्पष्टीकरणका विषयमा हामीले अध्ययन गरेका छौँ। जनताले पनि सबै कुरा देखिरहनुभएको छ। धेरै विषय उठे, तर अहिलेसम्म त्यसको उचित समाधान भएको छैन भन्ने हाम्रो निष्कर्ष छ। त्यसैले सभामुखज्यूको पहलमा समस्याको समाधानको एउटा बिन्दु खोजौँ। संसद्लाई फेरि दुर्गन्धित बनाउने होइन, निकास दिने बाटो खोज्नुपर्छ।’

    शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
    प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
    भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
    २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ५.
      सुनकोशी नदीमा कार खस्यो

    • ६.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    भर्खरै

    • १.
      काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

    • २.
      प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग

    • ३.
      देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    • ४.
      संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह

    • ५.
      स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

    • ६.
      भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

    • ७.
      २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

    • ८.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation