Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, साउन २२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
  • १२ घण्टा 

प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
  • १३ घण्टा 

देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
  • १३ घण्टा 

संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
  • १३ घण्टा 

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
  • १७ घण्टा 

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
  • १७ घण्टा 

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
  • १७ घण्टा 

बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय
  • १७ घण्टा 

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ५. सुनकोशी नदीमा कार खस्यो

  • ६. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ७. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ८. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ९. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • १०. फरार प्रतिवादी पक्राउ

वन कार्यालयका कर्मचारीले जब टेम्पो भीरमा धकेलिदिए…

  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • कैलालीः एउटा पुरानो टेम्पोकै सहारामा कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी धनादेवी धामी परिवार पाल्दै आइरहेकी थिइन्। जीविकोपार्जनको एकमात्र आधार रहेको जीएसए टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट फालिदिएको धामीले बताइन्।

    Advertisement

    धामीका अनुसार डिभिजन वन कार्यालय धनगढीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट सामान झारेर भीरतर्फ खसालिदिएको थियो। घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोतसमेत बन्द भएको उनले गुनासो गरिन्। ‘सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्नुभएन,’ धामीले गुनासो गर्दै भनिन्, ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ।’

    वन कार्यालयले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ। तर स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुयाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। धनादेवीले राज्यका निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। ‘यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपथ्र्यो,’ उनले भनिन्, ‘तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?’

    डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवछ यादवले पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको बताए। ‘त्यो चलाउनेभन्दा पनि व्यापार गर्न प्रयोग गरिने अटो थियो, पटक–पटक हामीले हटाउन भनेका थियौँ, तर मान्नुभएन,’ उनले भने।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे छानबिन सुरु गरिएको बताए। ‘हामीले पनि भिडियो आएपछि मात्रै थाहा पायौँ। इलाका प्रहरी कार्यालय मालाखेतीले पीडित महिलासँग समन्वय गरिसकेको छ। घटनाबारे के–कस्तो हो, हामी डिभिजन वन कार्यालयसँग पनि बुझ्दै छौँ,’ उनले भने।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
    प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
    संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
    भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ५.
      सुनकोशी नदीमा कार खस्यो

    • ६.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    भर्खरै

    • १.
      काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

    • २.
      प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग

    • ३.
      देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    • ४.
      संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह

    • ५.
      स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

    • ६.
      भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

    • ७.
      २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

    • ८.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation