जीउदै रहेका आमा छोरीलाई मृत घोषणाको सिफारिस गर्ने बर्दियाको मधुबन नगरपालिकाको वडा नं ७ का वडा वडा अध्यक्ष सहित स्थानिय १० जना माथि जिल्ला अदालत बर्दियामा सोमबार जालसाज मुद्दा दर्ता दर्ता भएको छ ।
नेपालगन्ज राझाकी नरमाया घर्ति र उनकी छोरी शषा गुरुङले जीबित मान्छेलाई लामो समयदेखि बेपत्ता भएको भन्ने जालसाझपुर्ण सरजमिन मुचुल्का तयार पारी मृत्युको न्यायिक घोषणा गर्न सिफारिस गरेको जनाउदै वडा अध्यक्ष राजेन्द्र हमाल, वडा सदस्य बालकुमारी केसी, वडा सचिब बिमल भण्डारी लगायतका बिरुद्ध बर्दिया जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन ।
जालसाजीमा संलग्न रहेको जनाउदै मधुबन नगरपालिका वडा नं ७ मा बस्ने आफ्नी सौता च्यामशो भन्ने मिनमाया गुरुङ र सरजमिन मुचुल्कामा हस्ताक्षर गर्ने स्थानिय बासिन्दा लिलामाया थापा, आशमाया तामाङ, श्यामबहादुर लोहनी क्षेत्री, पुर्णमाया गुरुङ, जमुना थारु, कमलबहादुर गुरुङ र ऋषिराम अधिकारीका माथि मुद्दा दायर गरेको नरमाया घर्तिले बताइन ।
२६ मंसिर २०८० मा वडा अध्यक्ष हमाल सहित स्थानिय १० जना भेला भएर सरजमिन मुचुल्का तयार पारी १५ चैत २०६२ देखि नरमाया घर्ति र उनकी छोरी शषा गुरुङ बेपत्ता भएको जनाउदै उनीहरुलाई मृत्युको न्यायिक घोषणा गर्नका सिफारिस गरेका थिए ।
