दमौली (तनहुँ), १२ मङ्सिर – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।
आज साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ सौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
प्रहरी टोलीले तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको छ । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
Advertisement