काठमाडौं, मंसिर १२ –
Advertisement
एशियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमूना पुल धमाधम निर्माण भइरहेको छ ।
झापाको रतुवा लोहेन्द्रा र वक्रा तीन वटा पुललाई एउटा प्याकेजमा ठेक्का लगाएर धमाधम काम भइरहेको हो । काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्ड अन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगती ६० प्रतिशत पुगेको छ ।
भने तीन वटा पुलको लागत ५ अर्ब ५० करोड रहेको छ । तीन सय मिटर भन्दा लामा पुलहरुलाई आकर्षक बनाउन ल्याण्डमार्क ब्रिजको रुपमा निर्माण भइरहेको काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले जानकारी दिनुभयो ।