काठमाडौं, मंसिर १२-
Advertisement
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताउनुभएको छ ।
उद्योगमा रहेका पुराना मेसिन तथा उपकरणको अवस्था अध्ययन गरी तिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत उद्योगलाई नयाँ जीवन दिन सकिने उहाँको भनाइ छ । शुक्रवार हेटौँडा कपडा उद्योगको अवलोकन गर्दै मन्त्री पुनले उद्योगमा रहेका मेसिनहरू निकै पुरानो प्रविधिका भएपनि अझै काम गर्न सक्ने अवस्थामा रहेको बताउनु भयो ।
विगतमा प्रयोग हुँदै आएका मेसिनलाई तत्काल विस्थापित गर्नुभन्दा तिनको प्राविधिक अवस्था अध्ययन गरेर आवश्यक सुधार गर्नुपर्ने उहाँको धारणा छ ।