• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, मङि्सर १३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
  • २ घण्टा 

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
  • ७ घण्टा 

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
  • ८ घण्टा 

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
  • ११ घण्टा 

रतुवामा बन्दैछ नमूना पुल
  • ११ घण्टा 

बेवारिसे भरुवा बन्दुक बरामद
  • १२ घण्टा 

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
  • १२ घण्टा 

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन
  • १२ घण्टा 

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

  • २. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ३. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ४. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • ५. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ६. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ७. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • १०. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम


  •   शनिबार, मङि्सर १३, २०८३ मा प्रकाशित
  • राँझा(बाँके), मंसिर १२ –

    Advertisement

    बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ ।

    केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ । उहाँ हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाउनुभएको छ ।

    वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आउनुभएको छ । अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो+ प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताउनुभयो ।

    “अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भन्नुभयो, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन ।” कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो ।

    बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उहाँको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ । सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ ।

    माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गर्नुभएको छ । असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार हुन्छ । एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ । “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भन्नुभयो, “रोपेपछि दुई÷तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।”

    चाडपर्व र मेलामा अत्यधिक माग बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ । बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ । विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ । व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

    यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताउनुभयो । नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन् । उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ । भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ ।

    सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उहाँको विश्वास छ ।

    शनिबार, मङि्सर १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
    गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
    कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
    रतुवामा बन्दैछ नमूना पुल
    बेवारिसे भरुवा बन्दुक बरामद

    लोकप्रिय

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ३.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ४.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका

    • ५.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ६.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    भर्खरै

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ

    • ३.
      गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

    • ४.
      कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने

    • ५.
      रतुवामा बन्दैछ नमूना पुल

    • ६.
      बेवारिसे भरुवा बन्दुक बरामद

    • ७.
      सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    • ८.
      हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation