नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ उच्च बढेको छ। बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ हजार तीन सय रूपैयाँ बढेको हो।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चार हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
