Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
  • १२ मिनेट 

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
  • १७ मिनेट 

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
  • २३ मिनेट 

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
  • २० घण्टा 

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
  • २३ घण्टा 

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
  • २४ घण्टा 

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
  • १ दिन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
  • १ दिन 

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ

  • २. साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

  • ३. किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  • ४. चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  • ५. ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

  • ६. तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

  • ७. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ८. खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  • ९. ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

  • १०. जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • चितवन, साउन २८-

    Advertisement

    चितवन जिल्लामा डेंगु र स्क्रब टाईफसका बिरामीहरू बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय, चितवनले साउन १ गतेदेखि साउन २८ गते सम्मको दैनिक अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्लाभित्र र बाहिरका गरी हालसम्म ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनाएको छ।

    कार्यालयका अनुसार सङ्क्रमण परीक्षण गरिएका कुल २११ जनामध्ये ३४ जनामा स्क्रब टाईफस पोजेटिभ देखिएको छ भने १७८ जनाको परीक्षण गर्दा ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। जिल्लाका स्थानीय तहहरूको विवरण हेर्दा भरतपुर महानगरपालिकामा स्क्रब टाईफसको जोखिम बढी देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। भरतपुरमा १ पुरुष र ४ महिला गरी कुल ५ जनामा स्क्रब टाईफस सङ्क्रमण पुष्टि भएको छ। यस्तै, रत्ननगर नगरपालिकामा १ जना पुरुषमा स्क्रब टाईफस भेटिएको छ।

    डेंगु सङ्क्रमणतर्फ भने कालिका नगरपालिकामा १ जना महिला र इच्छाकामना गाउँपालिकामा १ जना पुरुष गरी जिल्लाभित्रका २ जनामा सङ्क्रमण पुष्टि भएको छ। खैरहनी, माडी र राप्ती नगरपालिकामा भने हालसम्म डेंगु र स्क्रब टाईफस दुवैको सङ्क्रमण शून्य रहेको छ।

    चितवनका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि अन्य जिल्लाबाट आएका बिरामीहरूमा सङ्क्रमणको दर उच्च देखिएको छ। अन्य जिल्लाका ११ पुरुष र १७ महिला गरी कुल २८ जनामा स्क्रब टाईफस सङ्क्रमण पुष्टि भएको छ भने २ जना पुरुषमा डेंगु भेटिएको छ। पछिल्लो २४ घण्टामा जिल्लामा डेंगुका २ जना (कालिकाका १ र अन्य जिल्लाका १) तथा स्क्रब टाईफसका २ जना (अन्य जिल्लाका) नयाँ बिरामी थपिएका छन्।

    केसीका अनुसार अहिलेको मौसम डेंगु र स्क्रब टाइफसको संक्रमण फैलिने सिजन नै हो । वर्षायाम सुरु भएसँगै कीटजन्य रोगहरूको जोखिम बढ्ने भएकाले आफ्नो वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र लामखुट्टे तथा माइटको टोकाइबाट बच्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
    विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
    सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
    चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
    कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    लोकप्रिय

    • १.
      देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा

    • २.
      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

    • ३.
      चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब

    • ४.
      किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

    • ५.
      ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति

    • ६.
      तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

    भर्खरै

    • १.
      सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    • २.
      विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    • ३.
      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    • ४.
      चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

    • ५.
      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    • ६.
      कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    • ७.
      कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    • ८.
      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation