Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
  • ५६ मिनेट 

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
  • १ घण्टा 

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
  • १ घण्टा 

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
  • २१ घण्टा 

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
  • २४ घण्टा 

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
  • १ दिन 

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
  • १ दिन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
  • १ दिन 

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ

  • २. साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

  • ३. चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  • ४. ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

  • ५. किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  • ६. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ७. खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  • ८. ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

  • ९. जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

  • १०. प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री


  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन २९ –

    Advertisement

    गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढाइने बताउनुभएको छ । उहाँले निर्दोषलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा मुद्दामा पार्न नहुने भन्दै जघन्य अपराधका मुद्दामा कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो ।

    प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उहाँले सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका, २०६६ को दफा ८ अनुसार मुद्दा फिर्ताबारे अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । “समितिले संवेदनशील भएर अनुसन्धान गरिरहेको छ, अब धेरै हुँदैन”, गृहमन्त्री गुरुङले भन्नुभयो । उहाँले प्रक्रिया ढिलो हुनुका कारण निर्दोष व्यक्ति अन्यायमा नपरोस् र कसैले शक्ति दुरुपयोग गरी प्रतिशोध लिन नपाओस् भन्ने विषयमा गम्भीरता अपाएको सुनाउनुभयो ।

    गृहमन्त्री गुरुङले समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा सम्बन्धित ऐन संशोधनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । ऐनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । गृहमन्त्री गुरुङले कारागारको क्षमता र कैदीबन्दीको सङ्ख्याबीच ठूलो अन्तर रहेको उल्लेख गर्नुभयो । हाल करिब २८ हजार कैदीबन्दी रहेकामा कारागारको क्षमता करिब १९ हजार मात्रै रहेको भन्दै भौतिक पूर्वाधार विकासका लागि विभिन्न कारागारको अवस्था अध्ययन एवं आवश्यक बजेट व्यवस्था गरिने समितिलाई जानकारी दिनुभयो ।

    कारागारमा नाइके, भाइ नाइके र चौकीदार नियुक्तिको अभ्यासलाई पारदर्शी बनाइने बताउँदै मन्त्री गुरुङले केही समयका लागि चौकीदार नियुक्ति रोकिएको पनि बताउनुभयो । उहाँका अनुसार व्यक्तिबीच प्रतिस्पर्धात्मक तथा पारदर्शी प्रक्रियाबाट छनोट गर्ने व्यवस्था गरिने प्रष्ट पार्नुभयो । मन्त्री गुरुङले आर्थिक रूपमा कमजोर कैदीबन्दीलाई वैतनी वकिलमार्फत निःशुल्क कानुनी सहायता उपलब्ध गराइरहेको र कैदीकट्टासम्बन्धी नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको जानकारी दिनुभयो ।

    कारागारको भौतिक संरचना सुधार प्राथमिकतामा राख्दै यसका लागि बजेट विनियोजन पनि गरिएको उहाँले सुनाउनुभयो । गृहमन्त्री गुरुङले समितिको बैठकमा गृह मन्त्रालयका सचिव र प्रहरी अधिकारीमाथि उजुरीका आधारमा गरिएको व्यवहारप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले उजुरी परेकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै आरोप पुष्टि नभएसम्म कसैको चरित्रहत्या हुने गरी निष्कर्षमा पुग्नु नहुने स्पष्ट पार्नुभयो ।

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
    विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
    सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
    चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
    कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    लोकप्रिय

    • १.
      देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा

    • २.
      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

    • ३.
      चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब

    • ४.
      ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति

    • ५.
      किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

    • ६.
      जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई

    भर्खरै

    • १.
      सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    • २.
      विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    • ३.
      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    • ४.
      चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

    • ५.
      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    • ६.
      कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    • ७.
      कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    • ८.
      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation