Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, साउन २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
  • १४ घण्टा 

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
  • १५ घण्टा 

पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
  • १५ घण्टा 

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
  • १५ घण्टा 

तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
  • १९ घण्टा 

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
  • १९ घण्टा 

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
  • २० घण्टा 

कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु
  • २० घण्टा 

दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. फरार प्रतिवादी पक्राउ

  • ३. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ४. बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

  • ५. पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

  • ६. शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित
  • नोनथाबुरी,  साउन २३
    थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । उक्त घटनाअघि सोही विद्यार्थीले घरमा आफ्ना हजुरबुबा–हजुरआमाको पनि हत्या गरेको अधिकारीहरूले बताएका छन् ।
    नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार बिहान करिब १० बजे गोली प्रहार भएको थियो । घटनामा शिक्षक तथा प्रशासनिक कर्मचारीसहित विद्यालयका पाँच जनाको मृत्यु भएको उपगृहमन्त्री पोलापी सुवान्च्वीले बताउनुभयो ।विद्यालयबाट करिब पाँच किलोमिटर टाढा रहेको बाङयाई अस्पतालका अनुसार घटनामा २३ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र अधिकांशलाई गोली लागेको अस्पतालले जनाएको छ ।
    विद्यालयमा गोली चलाउनुअघि विद्यार्थीले आफू बस्दै आएको घरमा हजुरबुबा–हजुरआमालाई गोली हानेको अधिकारीहरूले बताएका छन् । क्षेत्रीय प्रहरी कमान्डर वट्टाना यीजीनका अनुसार प्रहरीले घरमा दुवै जनालाई मृत अवस्थामा फेला पारेको थियो ।
    विद्यालयमा गोली चलाएपछि ती विद्यार्थीले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार विद्यार्थीमा विद्यालयसँग सम्बन्धित तनावका लक्षण देखिएका थिए ।
    प्रहरीका अनुसार घटनामा प्रयोग भएको सानो आकारको बन्दुक कानुनी रूपमा उहाँका हजुरबुबाको नाममा दर्ता भएको थियो । प्रहरी प्रवक्ता ट्राइरोङ पिवपानले विद्यार्थीले २० भन्दा बढी गोली चलाएको र पछि प्रहरीले घटनास्थलबाट करिब ३० राउन्ड गोली बरामद गरेको बताउनुभयो ।
    प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि विद्यार्थीहरू कक्षाकोठाभित्र लुकेका थिए । पछि प्रहरीले ढोका खोलेर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो । विद्यालयनजिकै रेस्टुरेन्ट सञ्चालन गर्ने अम्पन नियामफुङले सुरुमा एकपटक गोली चलेको आवाज सुनेको र केही समयपछि लगातार गोली चलेको बताउनुभयो । उहाँका अनुसार गोली चलेपछि विद्यार्थीहरू डराउँदै सडकतर्फ भागेका थिए ।
    घटनापछि विद्यालयले अगस्त १० देखि १४ सम्म सबै कक्षा स्थगित गर्ने जनाएको छ । उक्त अवधिमा विद्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् ।
    प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । परिवारका सदस्यहरूले विद्यार्थी सामान्यतया शान्त स्वभावको र पढाइमा राम्रो रहेको बताएका छन् । उनीहरूले विद्यार्थीले घर वा विद्यालयमा कुनै समस्या सामना गरिरहेको जानकारी आफूहरूलाई नभएको बताएका छन् ।
    थाइल्यान्डमा उच्च बन्दुक स्वामित्व
    थाइल्यान्डमा एसियाका अन्य धेरै मुलुकहरूको तुलनामा नागरिकस्तरमा बन्दुक स्वामित्वको दर उच्च छ । सन् २०१७ मा गरिएको सानो आम्र्स सर्भेको अध्ययनअनुसार थाइल्यान्डमा प्रति १०० जनामा करिब १५ दशमलव एक नागरिकसँग बन्दुक रहेको पाइएको थियो ।
    पछिल्ला वर्षमा थाइल्यान्डमा विद्यालय तथा सार्वजनिक स्थलमा गोली प्रहारका घटना दोहोरिएका छन् । गत फेब्रुअरीमा १७ वर्षीय किशोरले दक्षिणी थाइल्यान्डको एक सरकारी माध्यमिक विद्यालयमा गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यसअघि सन् २०२३ मा पनि १४ वर्षीय किशोरले बैङ्ककको एक प्रमुख सपिङ मलमा गोली चलाएका थिए ।

    Advertisement

    शनिबार, साउन २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
    शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
    पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
    तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
    अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      फरार प्रतिवादी पक्राउ

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    भर्खरै

    • १.
      टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

    • २.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    • ३.
      पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी

    • ४.
      बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

    • ५.
      तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    • ६.
      अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग

    • ७.
      दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    • ८.
      कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation