काठमाडौं, साउन २०- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)द्वारा सञ्चालित प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ नेपाल प्रथम भएका छन्। विराटनगरस्थित बाल कल्याण विद्या मन्दिरमा अध्ययन गरेका श्रेष्ठ नेपाल प्रथम भएका हुन्।
आइओईको परीक्षामा पहिलो स्थानमा नाम निकाल्ने श्रेष्ठ कोशी प्रदेशबाटै पहिलो हुन् । विराटनगरको मिल्सएरिया घर भएका श्रेष्ठले सानैबाट विकेभिएममा अध्ययन गरेको बताएका प्रिन्सिपल रविनकुमार दाहालले नेपाल टपर भएका श्रेष्ठको नतिजा विराटनगरको शैक्षिक क्षेत्रमा नयाँ आयाम थप गरेको उल्लेख गरे।
शैक्षिक हब बन्दै गएको विराटनगरका लागि यसप्रकारको नतिजाले अभिभावक तथा विद्यार्थीलाई समेत उत्साहित बनाएको प्रिन्सिपल दाहालको भनाइ छ। शैक्षिक क्षेत्रमा विराटनगरको पहिचान स्थापित गर्दै आएको विकेभिएमका विद्यार्थीहरुले देशभरको अन्यविद्यार्थीसँगको प्रतिस्पर्धामा समेत आफूलाई अब्बल सावित गर्दै आएको उनको भनाइ छ।
३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत स्कुलबाट यसअघि २०७९ सालमा पर्फेन यादवले चिकित्सा क्षेत्रको परिक्षामा समेत दोस्रो स्थान हासिल गरेका थिए। सप्तरी घर भई विराटनगर बसोबास गरेका विकेभिएममा अध्ययन गरेको पार्फेन यादवले उत्कृष्ठ नतिजा हासिल गरेका हुन्।
