Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • १९ घण्टा 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • १९ घण्टा 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • २ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • २ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • २ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • २ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • २ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ३ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ८. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

  • ९. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • १०. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

नारायणीमा नवलपुरतर्फ साढे छ किलोमिटर तटबन्ध


  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
  • नवलपुर । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/ ८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ ।

    Advertisement

    कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदीबाट उच्च जोखिम भएका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्षमात्रै विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो ।

    ‘बहुवर्षीय तटबन्ध र यस वर्ष ठेक्का लागेको तटबन्धको गरी नारायणी नदीको नवलपुरतर्फ साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ’, पौडेलले भने, ‘नारायणीमा तटबन्धका लागि मेस जाली, बिग बुल्डर (नदी किनारमा ठूला ढुङ्गा राखेर भिरालो बनाउनेगरी गरिने तटबन्ध), कङ्क्रिट पर्कोपाइन (छवटा पोललाई त्रिभुजाकार बनाएर त्यसभित्र जाली राखी ढुङ्गा र काठका टुक्रा राखेर कसेपछि नदीमा हालिने तटबन्ध) एवं कङ्क्रिट रिटेनिङ वालहरू प्रयोग गरिएका छन् ।’

    बहुवर्षीय आयोजनाका रूपमा विगतका वर्षमा नै ठेक्का लागि तटबन्धको काम ढिला भइरहेको अवस्थामा यस वर्ष उल्लेखनीय प्रगति हासिल भएको पौडेलले बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)तर्फ छ किलोमिटर क्षेत्रफलमा नारायणी नदी तटबन्धका लागि २०७९ सालमा बहुवर्षीय ठेक्का लगाइएको थियो । गैँडाकोटको वडा नं ५ देखि ९ सम्मको नदीकिनारमा कङ्क्रिट ब्लकबाट तटबन्ध गर्नेगरी रु एक अर्ब नौ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको प्रगति हालसम्म ९८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।

    ‘नवलपुरतर्फको यस स्थानमा गत कात्तिकसम्म जम्मा ४७ प्रतिशतमात्रै प्रगति भएको थियो, हाल काम सम्पन्न हुने चरणमा पुगेको छ’, उनले भने ‘नदी तटबन्धसँगै तटबन्धमाथि छ मिटर फराकिलो बाटोसमेत निर्माण गरिएको छ ।’ यस आयोजनाअन्तर्गत करिब एक किलोमिटर बिग बुल्डर र बाँकी कङ्क्रिट ब्लकबाट तटबन्धको काम भइरहेको उनले जानकारी दिए । बिग बुल्डरको काम पूरा भएको भन्दै उनले कङ्क्रिट ब्लकबाट तटबन्धको काम थोरैमात्र बाँकी रहेको बताए ।

    त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी धाममा पर्ने गजेन्द्र मोक्ष दिव्यधाममा समेत कङ्क्रिट रिटेनिङ वाल निर्माणको काम भएको उनले जानकारी दिए । नारायणी नदीको कटानबाट गजेन्द्र मोक्ष दिव्यधामलाई सुरक्षित बनाउन लगाइएको यस वालको उचाइ सात मिटरसम्म रहेको पौडेलले बताए । यो आयोजनाको काम रू दुई करोड १७ लाखमा निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

    बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation