चितवन, असोज ३ –
Advertisement
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।
रोनाल्डो आज बिहान बरन्डाभार क्षेत्रमा मृत फेला परेको हो। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मृत्युको कारण खुल्ने जनाइएको छ।
