Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ९ घण्टा 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ९ घण्टा 

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
  • १ दिन 

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • १ दिन 

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
  • १ दिन 

१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
  • २ दिन 

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
  • २ दिन 

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति
  • २ दिन 

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ४. पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ५. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ६. प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

  • ७. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ८. काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

  • ९. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

  • १०. निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटायो


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • काठमाडौंः मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच एक सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ।

    Advertisement

    यस सम्झौतापछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै यसबारे बोलेका छन्। गत फेब्रुअरीमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मोज्तबाले राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हतास भएर’ यो सम्झौता गरेको दाबी गरे।

    उनले आफ्नो फरक मत भएपनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसुद पेजेस्कियानको आश्वासनपछि मात्र सम्झौता अघि बढ्न दिएको स्पष्ट पारेका छन्। यद्यपि, अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेन्डा स्वीकार गर्नु नहुने उनले बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको मोर्चासहित सबै क्षेत्रमा पूर्ण युद्धविराम हुने अपेक्षा व्यक्त गरेका छन्। यो सम्झौतामा १४ वटा मुख्य बुँदाहरू रहेका छन्।

    जसमा रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्मुजको जलसन्धि’ पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ। उक्त कोषमा अमेरिकाले भने रकम योगदान गर्नुनपर्ने समाचारमा उल्लेख छ। यो सम्झौता आगामी ६० दिनभित्र अन्तिम चरणमा पुग्ने लक्ष्य राखिएको छ।

    स्विजरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भएपनि दुवै देशले भर्चुअल माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उप–राष्ट्रपति जेडी भान्स स्विजरल्याण्ड जाने तयारीमा छन्। यद्यपि, अमेरिकाभित्रै यस सम्झौताको आलोचना सुरु भएको छ।

    रिपब्लिकन सिनेटर बिल क्यासिडीले यसलाई दशककै सबैभन्दा ठूलो कूटनीतिक गल्तीको संज्ञा दिएका छन्। उनले इरानको आणविक महत्वाकांक्षा नरोकिएको र नाकाबन्दी हटाएर इरानलाई थप बलियो बनाइएको तर्क गरेका छन्। यता उप–राष्ट्रपति भान्सले भने इरानले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म प्रतिबन्धहरू नहटाउने भन्दै सम्झौताको बचाउ गरेका छन्।

    सम्झौताको विषयलाई लिएर इजरायली मन्त्रीहरू इतामार बेन ग्विर र बेजालेल स्मोट्रिचले पनि आपत्ति जनाएका छन्। यसको जवाफमा भान्सले इजरायली क्याबिनेटलाई वास्तविकता बुझ्न र आफ्नो एक मात्र शक्तिशाली सहयोगीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
    सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
    १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    लोकप्रिय

    • १.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ४.
      पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको

    • ५.
      सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले

    • ६.
      प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी

    भर्खरै

    • १.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    • २.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

    • ३.
      ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

    • ४.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    • ५.
      धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

    • ६.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    • ७.
      जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

    • ८.
      भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation