Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • १ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • १ दिन 

बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
  • १ दिन 

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
  • १ दिन 

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
  • १ दिन 

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
  • १ दिन 

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
  • ३ दिन 

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?
  • ४ दिन 

जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

  • ३. दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

  • ४. नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ५. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ६. नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर

  • ८. युरोपका ६ देशमा फैलियो प्रदर्शन : इटालीमा स्कुल कब्जा, ग्रिसमा संसद्‌अघि धर्ना

  • ९. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • १०. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

४८ टोलीले खेले पहिलो राउन्ड : मेस्सीको ह्याट्रिकदेखि केप भर्डेको प्रतिरोधको चर्चा


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • ४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा समूह चरणको पहिलो राउन्डका खेलहरू सकिएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा पहिलो राउन्डमा सहभागी ४८ देशले एकएक खेल खेलेका छन् । पहिलो राउन्डमा २४ मध्ये ९ खेल बराबरीमा सकिएका छन् ।

    Advertisement

    पहिलो खेलमा केही कमजोर मानिएका टोलीले बलिया टोलीलाई रोक्न सफल भएका छन् । केही बलिया टोलीले भने आफ्नो प्रभुत्व कायमै राखेका छन् । समूह ‘ए’ सहआयोजक मेक्सिको र दक्षिण कोरियाले समान तीन अंक जोड्दा दक्षिण अफ्रिका र चेक रिपब्लिक अंकविहीन छन् ।

    पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० र दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरे । समूह ‘बी’ का ४ वटै टोली बराबरीमा रोकिँदै समान एक–एक अंक जोडेका छन् । कतार र स्विट्जरल्यान्ड तथा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले समान १–१ को बराबरी खेलेका थिए । समूह ‘जी’ र ‘एच’ मा पनि ४ वटै टोलीले बराबरी खेले । समूह ‘जी’ मा बेल्जियम र इजिप्ट १–१ तथा इरान र न्यूजील्यान्ड २–२ को बराबरी खेल्दै समान १ अंक बाँडे ।

    समूह ‘एच’ मा उरुग्वे र साउदी अरेबिया १–१ को बराबरी खेल्दा उपाधि दाबेदार स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो । समूह ‘सी’ मा स्कटल्याण्ड ३ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्‍यो । १–१ को बराबरीमा रोकिएका मोरक्को र ब्राजिलले समान एक–एक अंक जोडेका छन् ।

    आयोजक अमेरिका र अष्ट्रेलियाले समूह ‘डी’मा तीन अंक जोड्दा टर्की र पाराग्वे अंकविहीन छन् । अमेरिकाले पाराग्वेलाई ४–१ र अष्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्‍यो । समूह ‘इ’ मा पहिले खेलमा जित निकाल्दै जर्मनी र आइभोरी कोस्टले तीन अंक जोडेका छन् । जर्मनीले कुरासाओमाथि ७–१ को प्रभावशाली जित निकाल्दा इक्वोडर आइभोरी कोष्टसँग १–० ले पराजित हुन पुग्यो । समूह ‘एफ’ मा स्विडेनले स्पष्ट जित निकाल्दा जापान र नेदरल्यान्ड्स बराबरीमा रोकिए ।

    स्विडेनले ट्युनिसियालाई ५–१ को शानदार जित निकालेर ३ अंक जोड्यो, भने जापान र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिँदा एक–एक अंक बाड्न बाध्य भए । नर्वे र फ्रान्सले समूह ‘आई’ मा शानदार सुरुवात गरे । साविक उपविजेता फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्दा नर्वेले इराकलाई ४–१ ले हरायो । नर्वे र फ्रान्सको समान तीन–तीन अंक हुँदा सेनेगल र इराक अंकविहीन छन् । समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अष्ट्रियाले प्रभावशाली जित निकाल्दै समान तीन–तीन अंक जोडे ।

    अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरे । समूह ‘के’ मा कोलम्बियाले सुखद सुरुवात गर्दा पोर्चुगलको सुरुवात राम्रो हुन सकेन । कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दा पोर्चुगल डीआर कंगोसँग १–१ मा रोकियो । समूह ‘एल’ मा इंग्ल्यान्ड र घानाले जित दर्ता गरे ।

    इंग्ल्यान्डले क्रोएसियामाथि ४–२ को जित निकाल्दा पानामा घानासँग १–० ले स्तब्ध बन्यो । पहिलो राउन्डका खेलहरूमा अर्जेन्टिना कप्तान लियोनल मेस्सीको ह्याट्रिकदेखि केप भर्डेका गोलकिपर भोजिन्हाको चर्चा भयो । मेस्सीले पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । छैटौं विश्वकप खेल्दा मेस्सीले पहिलो ह्याट्रिक पूरा गरे । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानमा समेत बराबरी गरे ।

    केप भर्डेका भोजिन्हाले स्पेनलाई बराबरीमा रोक्न उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण पहिलोपटक विश्वकप खेलेको केप भर्डेले उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भयो । फिफा वरियताको तेस्रो स्थानमा रहेको स्पेन ६४ औं स्थानमा रहेको केप भर्डेसँग बराबरीमा रोकिन पुग्यो । यस्तै, पहिलो खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे, इंग्ल्यान्डका कप्तान ह्यारी केन र नर्वेका स्टार एर्लिङ हाल्यान्डको प्रदर्शनमा पनि शानदार रह्यो ।

    एम्बाप्पले पहिलो खेलमा सेनेगलविरुद्ध २ गोल गर्दै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । केनले क्रोएसियाविरुद्ध महत्वपूर्ण २ गोल गर्दै इंग्ल्यान्डलाई ४–२ को शानदार जित दिलाए । हाल्यान्डको २ गोलमा नर्वेले ४–१ को उत्कृष्ट सुरुवात गर्‍यो । जर्मनीको ७–१ को जित पनि चर्चामा रह्यो । अनुभवी स्टाइकर क्रिस्टियानो रोनाल्डो र स्पेनी युवा स्टाइकर लामिन यामालसहित खेलाडीको विश्वकपमा सुरुवात राम्रो हुन सकेन । पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोले गोल गर्न सकेनन् । विश्वकपमा डेब्यु गरेका यामालले पनि पहिलो खेलमा चमत्कार गर्न सकेनन् । दोस्रो हाफमा मैदान छिरेका उनी टोलीका लागि गोल गर्न र जित दिलाउन सकेनन् ।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
    पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
    बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
    मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
    अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
    साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त

    • ३.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई

    • ४.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म

    • ५.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ६.
      नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    भर्खरै

    • १.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    • २.
      पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

    • ३.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

    • ४.
      मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

    • ५.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • ६.
      साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    • ७.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • ८.
      लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation