Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, साउन २२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
  • ८ घण्टा 

प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
  • ९ घण्टा 

देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
  • १० घण्टा 

संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
  • १० घण्टा 

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
  • १४ घण्टा 

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
  • १४ घण्टा 

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
  • १४ घण्टा 

बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय
  • १४ घण्टा 

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ५. सुनकोशी नदीमा कार खस्यो

  • ६. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ७. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ८. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ९. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • १०. फरार प्रतिवादी पक्राउ

४८ टोलीले खेले पहिलो राउन्ड : मेस्सीको ह्याट्रिकदेखि केप भर्डेको प्रतिरोधको चर्चा


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • ४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा समूह चरणको पहिलो राउन्डका खेलहरू सकिएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा पहिलो राउन्डमा सहभागी ४८ देशले एकएक खेल खेलेका छन् । पहिलो राउन्डमा २४ मध्ये ९ खेल बराबरीमा सकिएका छन् ।

    Advertisement

    पहिलो खेलमा केही कमजोर मानिएका टोलीले बलिया टोलीलाई रोक्न सफल भएका छन् । केही बलिया टोलीले भने आफ्नो प्रभुत्व कायमै राखेका छन् । समूह ‘ए’ सहआयोजक मेक्सिको र दक्षिण कोरियाले समान तीन अंक जोड्दा दक्षिण अफ्रिका र चेक रिपब्लिक अंकविहीन छन् ।

    पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० र दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरे । समूह ‘बी’ का ४ वटै टोली बराबरीमा रोकिँदै समान एक–एक अंक जोडेका छन् । कतार र स्विट्जरल्यान्ड तथा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले समान १–१ को बराबरी खेलेका थिए । समूह ‘जी’ र ‘एच’ मा पनि ४ वटै टोलीले बराबरी खेले । समूह ‘जी’ मा बेल्जियम र इजिप्ट १–१ तथा इरान र न्यूजील्यान्ड २–२ को बराबरी खेल्दै समान १ अंक बाँडे ।

    समूह ‘एच’ मा उरुग्वे र साउदी अरेबिया १–१ को बराबरी खेल्दा उपाधि दाबेदार स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो । समूह ‘सी’ मा स्कटल्याण्ड ३ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्‍यो । १–१ को बराबरीमा रोकिएका मोरक्को र ब्राजिलले समान एक–एक अंक जोडेका छन् ।

    आयोजक अमेरिका र अष्ट्रेलियाले समूह ‘डी’मा तीन अंक जोड्दा टर्की र पाराग्वे अंकविहीन छन् । अमेरिकाले पाराग्वेलाई ४–१ र अष्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्‍यो । समूह ‘इ’ मा पहिले खेलमा जित निकाल्दै जर्मनी र आइभोरी कोस्टले तीन अंक जोडेका छन् । जर्मनीले कुरासाओमाथि ७–१ को प्रभावशाली जित निकाल्दा इक्वोडर आइभोरी कोष्टसँग १–० ले पराजित हुन पुग्यो । समूह ‘एफ’ मा स्विडेनले स्पष्ट जित निकाल्दा जापान र नेदरल्यान्ड्स बराबरीमा रोकिए ।

    स्विडेनले ट्युनिसियालाई ५–१ को शानदार जित निकालेर ३ अंक जोड्यो, भने जापान र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिँदा एक–एक अंक बाड्न बाध्य भए । नर्वे र फ्रान्सले समूह ‘आई’ मा शानदार सुरुवात गरे । साविक उपविजेता फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्दा नर्वेले इराकलाई ४–१ ले हरायो । नर्वे र फ्रान्सको समान तीन–तीन अंक हुँदा सेनेगल र इराक अंकविहीन छन् । समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अष्ट्रियाले प्रभावशाली जित निकाल्दै समान तीन–तीन अंक जोडे ।

    अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरे । समूह ‘के’ मा कोलम्बियाले सुखद सुरुवात गर्दा पोर्चुगलको सुरुवात राम्रो हुन सकेन । कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दा पोर्चुगल डीआर कंगोसँग १–१ मा रोकियो । समूह ‘एल’ मा इंग्ल्यान्ड र घानाले जित दर्ता गरे ।

    इंग्ल्यान्डले क्रोएसियामाथि ४–२ को जित निकाल्दा पानामा घानासँग १–० ले स्तब्ध बन्यो । पहिलो राउन्डका खेलहरूमा अर्जेन्टिना कप्तान लियोनल मेस्सीको ह्याट्रिकदेखि केप भर्डेका गोलकिपर भोजिन्हाको चर्चा भयो । मेस्सीले पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । छैटौं विश्वकप खेल्दा मेस्सीले पहिलो ह्याट्रिक पूरा गरे । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानमा समेत बराबरी गरे ।

    केप भर्डेका भोजिन्हाले स्पेनलाई बराबरीमा रोक्न उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण पहिलोपटक विश्वकप खेलेको केप भर्डेले उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भयो । फिफा वरियताको तेस्रो स्थानमा रहेको स्पेन ६४ औं स्थानमा रहेको केप भर्डेसँग बराबरीमा रोकिन पुग्यो । यस्तै, पहिलो खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे, इंग्ल्यान्डका कप्तान ह्यारी केन र नर्वेका स्टार एर्लिङ हाल्यान्डको प्रदर्शनमा पनि शानदार रह्यो ।

    एम्बाप्पले पहिलो खेलमा सेनेगलविरुद्ध २ गोल गर्दै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । केनले क्रोएसियाविरुद्ध महत्वपूर्ण २ गोल गर्दै इंग्ल्यान्डलाई ४–२ को शानदार जित दिलाए । हाल्यान्डको २ गोलमा नर्वेले ४–१ को उत्कृष्ट सुरुवात गर्‍यो । जर्मनीको ७–१ को जित पनि चर्चामा रह्यो । अनुभवी स्टाइकर क्रिस्टियानो रोनाल्डो र स्पेनी युवा स्टाइकर लामिन यामालसहित खेलाडीको विश्वकपमा सुरुवात राम्रो हुन सकेन । पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोले गोल गर्न सकेनन् । विश्वकपमा डेब्यु गरेका यामालले पनि पहिलो खेलमा चमत्कार गर्न सकेनन् । दोस्रो हाफमा मैदान छिरेका उनी टोलीका लागि गोल गर्न र जित दिलाउन सकेनन् ।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
    प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग
    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं
    संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
    भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ५.
      सुनकोशी नदीमा कार खस्यो

    • ६.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    भर्खरै

    • १.
      काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

    • २.
      प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखसँग रुलिङको माग

    • ३.
      देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    • ४.
      संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह

    • ५.
      स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

    • ६.
      भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

    • ७.
      २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

    • ८.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation