Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • २ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • २ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ३ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ३ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ३ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ३ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ३ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ४ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ८. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

  • ९. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

  • १०. आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • माडी । माडी नगरपालिका वडा नं–८ स्थित वैकुण्ठ क्षेत्रमा अरण्य बौद्ध विहार (बुद्ध पार्क)को निर्माण कार्य अगाडि बढाइएको छ । जापानी समाजसेवी मिहो तानवाराको आर्थिक सहयोग र स्थानीय जनसहभागिताको जगमा पार्क निर्माण अगाडि बढाइएको हो ।

    Advertisement

    पार्कमा पूर्णकदको भीमकाय बुद्धमूर्ति तथा बौद्ध स्तूपा निर्माण कार्य सुरु भएको छ । पार्कमा प्रवेशद्वार, बाटोका सिँढी, सत्तल, बौद्ध स्तूपा, ध्यान केन्द्र, कम्पाउन्ड पर्खाल तथा भविष्यमा बुद्ध कलेज सञ्चालनसम्मको योजना रहेको अरण्य बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । बुद्ध पार्कभित्र बन्ने स्थायी मूर्तिका साथै अन्य निर्माणका कामहरु जापानी समाजसेवी तान्वारा मिहो सोसियल वेलफेयर फाउन्डेसनकी प्रमुख मिहो तान्वाराको विशेष सहयोगमा बन्ने उनले बताए ।

    भारतको नयाँदिल्लीमा बस्दै आएका बलराम आचार्यको सहयोगमा सुन्दर सत्तल निर्माण भएको र उपेन्द्र जोशी र उनको परिवारले पार्कको प्रवेशद्वारमा एउटा आकर्षक गेट निर्माण गरेको अध्यक्ष अधिकारीले बताए ।

    त्यस्तै, वडा नं–८ को कार्यालयले पार्कसम्म पुग्न सहज बनाउन रेलिङसहितको व्यवस्थित सिँढी निर्माण गरेर सराहनीय योगदान पुर्‍याएको छ । पार्कलाई थप सुसज्जित बनाउन विहार व्यवस्थापन समितिका उपाध्यक्ष मोहन आलेमगरले दुईवटा बुद्धमूर्ति प्रतिस्थापन गरेका छन् भने माडीकी नगरप्रमुख ताराकुमारी काजी महतोले व्यक्तिगतरुपमा १८ हजार रूपैयाँ मूल्यबराबरको साउन्ड सिस्टम प्रदान गर्नुका साथै माडी नगरपालिकाले मोटर जडान गरी पिउने पानीको भरपर्दो प्रबन्ध मिलाइदिएको उनले बताए ।

    वैकुण्ठ सामुदायिक वनको जङ्गल क्षेत्रभित्र निर्माण हुँदै गरेको बुद्ध पार्कले माडी क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटन विकासमा ऐतिहासिक मोड ल्याउने अध्यक्ष अधिकारीले विश्वास गरे । बुद्ध पार्कले हिन्दु–बौद्ध धार्मिक सहअस्तित्व, सहिष्णुता र साझा मानवीय मूल्यहरुलाई उजागर गर्नेछ । कर्म, पुनर्जन्म, मुक्ति र ध्यानजस्ता दुवै धर्मका साझा धारणा बोकेको यो स्थल धर्म, संस्कृति र मानवताको साझा चौतारी बन्ने लक्ष्यसहित अघि बढाइएको छ ।

    २०८२ वैशाख २९ गते बुद्ध जयन्तीको पावन अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र जापानी समाजसेवी मिहो तानवाराले संयुक्तरुपमा बुद्ध पार्कको शिलान्यास गरेका थिए । २५६९औँ बुद्ध जन्मजयन्तीको दिन पञ्चेबाजा, बौद्ध स्तोत्र र परम्परागत परिपाटीअनुसार भव्य समारोह आयोजना गरिएको थियो । सोही दिन पूर्णकदको बुद्धमूर्तिको नमुना पनि सार्वजनिक गरिएको थियो । माडी–८ स्थित वैकुण्ठ सामुदायिक वनभित्रको वैकुण्ठेश्वर ताल पछिल्लो समय माडीको पर्यटकीय तथा धार्मिक गन्तव्य बन्दै गएको पर्यटन विकास समितिका अध्यक्ष राजकुमार परियारले बताए ।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation