Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • २ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • २ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • २ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • २ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • २ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • २ दिन 

फरार प्रतिवादी पक्राउ
  • २ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ५. फरार प्रतिवादी पक्राउ

  • ६. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि चीन पुगेका छन् । जेठ २४ गते भारत भ्रमणबाट फर्केका मन्त्री खनाल ६ दिनपछि शनिबार मध्यराति चीन प्रस्थान गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा गएका हुन् ।

    Advertisement

    बेइजिङ एयरपोर्टमा मन्त्री खनाललाई चिनियाँ विदेश मन्त्रालयका अधिकारी तथा चीनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले स्वागत गरेका थिए ।

    भारतबाट फर्के लगतै चीन भ्रमणमा गएका कारण मन्त्री खनालको यो भ्रमणलाई चासोपूर्वक हेरिएको छ । धेरैले यो भ्रमणलाई ‘सन्तुलित कूटनीति’ को रूपमा लिएका छन् भने कतिपयले चीनको संशयलाई मेटाउन यो भ्रमण भएको तर्क गरिरहेका छन् ।

    नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले विभिन्न माध्यमबाट चासो व्यक्त गर्दै आइरहेको थियो । भ्रमणको क्रममा यी विषय अवश्य उठ्ने नेपाल–चीन मैत्री संघका पूर्वअध्यक्ष विपिन आचार्यले बताए । ‘चीनलाई लागेको कुरा परराष्ट्रमन्त्री खनालबाट स्पष्ट हुनेछ । नेपालमा अमेरिकी चासो, जेनजी आन्दोलनमा टीओबीको संलग्नता लगायतका विषयमा चीनले जिज्ञासा राख्न सक्ने सम्भावना छ,’ उनले भने, ‘वर्तमान सरकारको विदेश नीति के–कस्तो रहन्छ भन्नेमा पनि उनीहरूको चासो छ ।’

    बालेन नेृतत्वमा सरकार बनिसकेपछि लगातार नेपालमा अमेरिकाको उच्चस्तरीय भ्रमण भएको छ । नेपालमा अमेरिकी कूटनीतिज्ञहरूको चहलपहल बढेको छ । हालै सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री खनालले भारतको भ्रमण गरेका छन् ।

    चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भारत भ्रमण लगतै चीनको भ्रमण हुनु नेपालका लागि सकारात्मक कुरा रहेको बताए । ‘नेपालले दुवै छिमेकी देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ । कसैलाई काखा, कसैलाई पाखाको व्यवहार गर्नुहुँदैन,’ उनले भने, ‘त्यो सम्बन्धको फाइदा लिन पनि सक्नुपर्छ ।’ उनले नेपालका दुई छिमेकी सुपर पावर देश रहे पनि त्यसबाट नेपालले फाइदा लिन नसकेको बताए । कुनै पनि देशसँग वैचारिकभन्दा पनि राज्य–राज्यबिच सम्बन्ध भएमा मात्र फाइदा लिन सकिने पूर्वराजदूत कार्कीको भनाइ छ । देशहरूसँग दलगत सम्बन्धले कुनै फाइदा नहुने प्रस्ट पार्दै उनले विगतका सरकारले दलको आइडियोलोजी अनुसार सम्बन्ध राखेको कारण खासै फाइदा लिन नसकेको जिकिर गरे । अब त्यस्तो नहोस् भन्नेमा उनले सरकार र सत्तारुढ दल रास्वपालाई सचेतसमेत गराए ।

    नेपाल चाइना फ्रेन्डसीप फोरमका संयोजक डा. कल्याणराज शर्माले बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि नेपालबाट चीनमा पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई महत्त्वका साथ हेरिएको बताए । भारत भ्रमण सकेर आएलगत्तै परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जानु कूटनीतिक सन्तुलन नमुना भएको उनको भनाइ छ । यो भ्रमणले दुई देशबिचको सम्बन्ध थप सुदृढ हुने उनले दाबी गरे ।

    परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण भएकाले नेपाल–चीनबिच कार्यान्वयनमा रहेका विभिन्न परियोजनाको बारेमा पनि छलफल हुनसक्छ । पुरानो परियोजनाको विषयमा चर्चा र बीआरआई लगायतको विषयमा पनि कुराकानी हुनसक्ने शर्माले बताए । केही दिनअघि नेपाल–चीन सहयोग कार्यक्रम तथा आयोजना कार्यान्वयन सहजीकरण संयन्त्रको बैठक नेपालमा बसेको थियो । सो बैठकमा नेपालमा जारी चीनको परियोजनाको बारेमा छलफल भएको थियो ।

    सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए । त्यसमा १० वटा आयोजना अघि बढाउने सहमति दुई देशबिच भएको थियो । तर विभिन्न कारणले धेरैजसो आयोजना अलपत्र अवस्थामा छन् । ती आयोजना के–कस्तो अवस्थामा छन् भन्नेबारे परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा चीनले चासो राख्ने चर्चा छ ।

    नेपालमा चिनियाँ अनुदान, सहुलियतपूर्ण ऋणमा सञ्चालित आयोजनाहरूको बारेमा पनि छलफल हुने बताइएको छ । स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग मर्मत तथा सुधार आयोजना, चिलिमे–रसुवागढी–केरुङ २२० केभी प्रसारण लाइन आयोजना, नेपाल–चीन अन्तरदेशीय रेलमार्ग आयोजना, काठमाडौँ चक्रपथ सुधार आयोजना, टोखा–छहरे सुरुङ मार्ग र हिल्सा–सिमकोट सडकजस्ता आयोजनाको बारेमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार छलफलपछि केही समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ ।

    त्यसका लागि नेपालले आवश्यक तयारी गरिसकेको छ । सम्झौताका सम्बन्धमा चीनको चाहनामा पनि धेरै कुरा निर्भर हुने मन्त्रालयका एक अधिकारीले बताए । चीनस्थित नेपाली दूतावासले लगानी सम्मेलन आयोजना गर्दैछ । त्यस सम्मेलनको मुख्य अतिथि परराष्ट्रमन्त्री खनाल रहने छन् । चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सोमबार चीन र नेपाली प्रतिनिधिमण्डलबिच दुई पक्षीय छलफल हुनेछ । सोही छलफलमा दुई देशबिचको सम्बन्ध तथा विकास निर्माणका कार्यबारे छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्री खनाल फर्केपछि चीनबाट नेपालमा एउटा उच्चस्तरीय भ्रमण हुने बताइएको छ । त्यसको तयारी दुवै देशका दूतावासले सुरु गरिसकेका छन् ।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    • ५.
      फरार प्रतिवादी पक्राउ

    • ६.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation