माडी नगरपालिका वडा नं १ बरूवामा पशु स्वास्थय सिविर सम्पन्न भएकाे छ। सिविर मा गोवर परिक्षण, थुनेलोको जाचँको लागि दूध परिक्षण, गर्भ जाँच, रोग निदान, निशुल्क उपचार तथा औषधि बितरण गरिएकाे थियाे भने १५१ जना कृषकले सेवा लिएका छन् ।
आई.भि.यस.ए कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरकाे सहयाेग, माडी भेटेरिनरी अस्पताल माडी नगरपालिकाकाे प्राबिधिक सहयोग तथा शिखर ईन्स्योरेन्स माडी शाखाकाे अन्य सहयोगमा भएकाे
उक्त सिविरमा गाई तथा भैसि ६५,बाख्रा २५० र कुकुर १२ आेटा जाँच गरिएकाे माडी नगरपालिका पशु शाखा प्रमुख रविन वास्ताकाेटीले जानकारी दिनुभयाे ।
Advertisement
