माडी जेसिजद्वारा स्थापना दिवसको अवसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना
Advertisement
स्थापना दिवसको अवसरमा यही जेठ ११ गते आइतबारका दिन माडी जेसिज (JCI Madi) ले एक बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नाराका साथ आयोजना गरिन लागेको यो शिविर माडी–७, देवेनपुरस्थित दक्षिण कालिका आधारभूत विद्यालयमा सम्पन्न हुनेछ।
शिविरमा मौलाकालिका अस्पताल प्रा. लि. को प्राविधिक सहयोग रहनेछ भने विश्वास फार्मेसी औषधि व्यवस्थापनको संयोजनकर्ता रहनेछ। उक्त स्वास्थ्य शिविरमा सहभागीहरूले जनरल मेडिसिन तथा बालरोग विशेषज्ञ सेवाहरू निःशुल्क रुपमा प्राप्त गर्न सक्ने आयोजकले जनाएका छन्। माडी जेसिजले स्थापनाको १३औं वर्षगाँठको अवसरमा समुदायप्रति उत्तरदायी रहँदै यस्तो कार्यक्रम ल्याएको जनाएको छ।