• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, मङि्सर १३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
  • २ घण्टा 

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
  • ७ घण्टा 

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
  • ८ घण्टा 

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
  • ११ घण्टा 

रतुवामा बन्दैछ नमूना पुल
  • ११ घण्टा 

बेवारिसे भरुवा बन्दुक बरामद
  • १२ घण्टा 

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
  • १२ घण्टा 

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन
  • १२ घण्टा 

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

  • २. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ३. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ४. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • ५. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ६. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ७. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • १०. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • छिमेकी भारतको जम्मू–काश्मीर पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।

    Advertisement

    परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो । साथै मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा ‘दुःखको यो घडीमा नेपाल सरकार भारत र त्यहाँका नागरिकसँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ’ भनिएको छ ।

    त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्रीलगायतले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत् आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गर्नुभएको छ ।

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै आतङ्कवादविरुद्ध नेपाल भारतको साथमा रहेको जनाउनुभएको छ । उहाँले यो घटनामा एक नेपाली नागरिकले ज्यान गुमाएको सार्वजनिक रिपोर्टलाई पुष्टि गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

    परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विवेकहीन हिंसा भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ । साथै घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास भइरहेको र त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने जानकारी दिनुभएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार हिजो दिउँसो भएको आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । ज्यान गुमाउने र घाइते भएकाहरुको सङ्ख्याबारे फरक–फरक विवरण आइरहेका छन् ।

    जम्मू–कश्मीरमा पर्ने पहलगामको बैसारन ठाउँलाई ‘मिनी स्विटजरल्याण्ड’ मानिन्छ । हिजोको आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
    गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
    कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
    रतुवामा बन्दैछ नमूना पुल
    बेवारिसे भरुवा बन्दुक बरामद

    लोकप्रिय

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ३.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ४.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका

    • ५.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ६.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    भर्खरै

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ

    • ३.
      गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

    • ४.
      कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने

    • ५.
      रतुवामा बन्दैछ नमूना पुल

    • ६.
      बेवारिसे भरुवा बन्दुक बरामद

    • ७.
      सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    • ८.
      हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation