• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, मङि्सर १३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
  • २ घण्टा 

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
  • ७ घण्टा 

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
  • ८ घण्टा 

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
  • ११ घण्टा 

रतुवामा बन्दैछ नमूना पुल
  • ११ घण्टा 

बेवारिसे भरुवा बन्दुक बरामद
  • १२ घण्टा 

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
  • १२ घण्टा 

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन
  • १२ घण्टा 

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

  • २. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ३. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ४. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • ५. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ६. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ७. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • १०. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने


  •   शनिबार, मङि्सर १३, २०८३ मा प्रकाशित
  • काठमाडौं, मंसिर १२ –

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताएका छन् ।

    शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीले रास्वपाका उम्मेदवारलाई जिताए वा नजिताए पनि प्रदेशको विकासमा पार्टीले ध्यान दिने बताए । उनले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे।

    रास्वपाका उम्मेदवारलाई जिताए मात्रै विकास गर्ने र मत नदिए विकास नगर्ने भन्ने सोच पार्टीको नरहेको उनको भनाइ थियो । उनले भने, ‘हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ, चाहे जीवनभर हारौँ। रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक जना मात्र पनि नपठाओस्, एक भोट पनि नदियोस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’

    उनले कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गरे। पार्टीको आवाज कर्णालीका दूरदराजसम्म पु¥याउन नसकिएको उल्लेख गर्दै उनले आगामी दिनमा कर्णालीका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। लामिछानेले रास्वपाको स्थापना शान्तिपूर्ण विद्रोहको उद्देश्यसहित भएको बताए। मुलुकले विगतका विद्रोहको भार धान्न सक्ने अवस्था नरहेको भन्दै उनले रगतको एक थोपा पनि नचुहाई तथा कुनै परिवारलाई पीडामा नपारी परिवर्तनका लागि विद्रोह गर्ने उद्देश्यले पार्टी स्थापना गरिएको उल्लेख गरे।

    उनले भने, ‘यही विद्रोह शब्दलाई रातो होइन, निलोमा परिणत गर्ने उद्देश्य बोकेर रास्वपाको जन्म गरायौँ, रगतको एउटा थोपो पनि नचुहाईकन, कुनै आमाको कोख नरित्याईकन, कुनै दिदीबहिनीको सिउँदो नउजाडीकन, कुनै बालबालिकालाई टुहुराटुहुरी नबनाईकन पनि एउटा विद्रोह गर्नु थिया, गर्यौं ।’ उनका अनुसार परम्परागत राजनीतिक दलबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको भन्दै विभिन्न दलमा लामो समय बिताएका नेता तथा कार्यकर्तासमेत रास्वपामा जोडिएका छन्।

    जनताको चुलो र जनजीविकासँग जोडिने परिणाममुखी राजनीति आवश्यक रहेको उनले बताए । रास्वपाले स्थापनाको चार वर्षमै ठूलो राजनीतिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले अब जनताले अपेक्षा गरेअनुसार परिणाम दिने जिम्मेवारी पार्टीको काँधमा रहेको बताए । उनले पार्टीको यात्रा सुरुवात मात्रै भएको भन्दै आगामी दिनमा कामबाट परिणाम देखाउनुपर्ने धारणा राखे।

    त्यस्तै, लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्तालाई नेताहरूको घेराभन्दा बाहिर रहेर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताए। आफू प्रशिक्षणका क्रममा आसपासका बस्तीमा नागरिकसँग भेटघाट गर्न जाने र त्यस क्रममा पार्टीका नेता तथा कार्यकर्तालाई आफूसँग नआउन आग्रह गरे। उनले जनतासँग प्रत्यक्ष जोडिन चाहेको भन्दै नेताहरू र कार्यकर्ताको भीडभन्दा बाहिर रहेर नागरिकका वास्तविक समस्या र गुनासा सुन्ने इच्छा व्यक्त गरे।

    शनिबार, मङि्सर १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
    गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
    रतुवामा बन्दैछ नमूना पुल
    बेवारिसे भरुवा बन्दुक बरामद
    सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    लोकप्रिय

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ३.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ४.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका

    • ५.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ६.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    भर्खरै

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ

    • ३.
      गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

    • ४.
      कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने

    • ५.
      रतुवामा बन्दैछ नमूना पुल

    • ६.
      बेवारिसे भरुवा बन्दुक बरामद

    • ७.
      सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    • ८.
      हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation