Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
  • ८ मिनेट 

दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
  • १३ मिनेट 

बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
  • १६ मिनेट 

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
  • ३ दिन 

चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
  • ३ दिन 

दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने
  • ३ दिन 

पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी
  • ३ दिन 

बेसहारा महिलालाई घर
  • ३ दिन 

अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

  • २. प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

  • ३. प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

  • ४. दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान

  • ५. आज मन्त्रिपरिषद् बैठक बस्दै

  • ६. बेसहारा महिलालाई घर

  • ७. नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

  • ८. अब डिजिटल वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

  • ९. चितवनका केरा किसानले पाएनन् उचित मूल्य

  • १०. कांग्रेसको १५ औँ महाधिवेशन : मतगणना सकियो

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्ता तथा अद्यावधिकसम्बन्धी कार्य सम्पन्न गर्दै असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा कायम रहेको अन्तिम मतदाता नामावलीमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।

    Advertisement

    उक्त निर्वाचन सम्पन्न भएपश्चात् आयोगले २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नाम दर्ता गर्ने, विवरणमा रहेका त्रुटि सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउनेलगायतका कार्य सञ्चालन गर्दै आएको थियो।यसै क्रममा आयोगको २०८३ साउन १५ गतेको निर्णयबमोजिम २०८३ भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका तथा सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिहरूलाई समावेश गरी असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको थियो।

    उक्त प्रारम्भिक मतदाता नामावलीमा महिला ९४ लाख २७ हजार ६५०, पुरुष ९८ लाख ६७ हजार ९० र अन्य २२१ गरी कुल १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको विवरण समावेश थियो। २०८२ चैत २२ देखि २०८३ भदौ १५ गतेसम्मको अवधिमा १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम नामावलीमा समावेश गरिएको थियो।

    नियमित अद्यावधिक प्रक्रियाबाट मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्दका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो। जसबाट अघिल्लो निर्वाचनको अन्तिम नामावलीमा खुद ३ लाख ९१ हजार २७२ मतदाताको नाम थप गरी प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो। अद्यावधिकका लागि प्रकाशित प्रारम्भिक नामावलीउपर कानुनबमोजिम दाबीविरोध तथा विवरण जाँचबुझ गरी आवश्यक संशोधन र अद्यावधिक कार्य सम्पन्न गरिएको छ।

    सो क्रममा मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबी विरोधलगायतका कारणबाट थप १ लाख ५८ हजार २६४ जना गरी कुल २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको छ। यसरी नामावली संशोधनपछि कायम भएको अन्तिम मतदाता नामावलीमा कुल १ करोड ९० लाख ९१ हजार ३७५ जना मतदाता पुगेका छन्।

    जसमध्ये पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन्। अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनको तुलनामा हालको अन्तिम नामावलीमा १ लाख ८७ हजार ६८६ जना मतदाता थपिएका छन्। प्रकासित अन्तिम मतदाता नामावलीलाई सर्वसाधारणको सहज पहुँचका लागि आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा राखिएको छ। यसका साथै सातै प्रदेशगत, जिल्लागत, निर्वाचन क्षेत्रगत तथा स्थानीय तहगत सङ्ख्यात्मक विवरणसमेत वेबसाइटमा सार्वजनिक गरिएको छ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
    दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
    बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
    चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
    दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने
    पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    लोकप्रिय

    • १.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • २.
      प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

    • ३.
      प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं

    • ४.
      दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने

    • ५.
      आज मन्त्रिपरिषद् बैठक बस्दै

    • ६.
      बेसहारा महिलालाई घर

    भर्खरै

    • १.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    • २.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

    • ३.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

    • ४.
      अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

    • ५.
      चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

    • ६.
      दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    • ७.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • ८.
      बेसहारा महिलालाई घर

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation