Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • १ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • १ दिन 

बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
  • १ दिन 

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
  • १ दिन 

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
  • १ दिन 

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
  • १ दिन 

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
  • ३ दिन 

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?
  • ४ दिन 

जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

  • ३. दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

  • ४. नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ५. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ६. नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर

  • ८. युरोपका ६ देशमा फैलियो प्रदर्शन : इटालीमा स्कुल कब्जा, ग्रिसमा संसद्‌अघि धर्ना

  • ९. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • १०. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ


  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ –

    Advertisement

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

    महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ । यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

    महासङ्घले सात प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्था र काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ । महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ ।

    दसैँको भीडलाई व्यवस्थापन गर्दै यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने कुनै रोक लाग्ने छैन । त्यसैगरी, घटस्थापनादेखि आगामी कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ ।

    सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ । काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणको लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ ।

    महासङ्घका तर्फबाट गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ । यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने छ ।

    बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
    पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
    बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
    मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
    अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
    साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त

    • ३.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई

    • ४.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म

    • ५.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ६.
      नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    भर्खरै

    • १.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    • २.
      पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

    • ३.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

    • ४.
      मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

    • ५.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • ६.
      साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    • ७.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • ८.
      लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation