Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • २ दिन 

बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
  • २ दिन 

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
  • २ दिन 

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
  • २ दिन 

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
  • २ दिन 

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
  • ३ दिन 

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?
  • ४ दिन 

जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

  • ३. नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ४. दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

  • ५. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ६. नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर

  • ८. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • ९. युरोपका ६ देशमा फैलियो प्रदर्शन : इटालीमा स्कुल कब्जा, ग्रिसमा संसद्‌अघि धर्ना

  • १०. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता


  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
  • काठमाडौँ,असोज १२-

    Advertisement

    एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।

    कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जियायीलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा एआइआइबीकी अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । उहाँले विपद्पछिको पुनःनिर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    अध्यक्ष जियायीले बैंकले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ । साथै, स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआइआइबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उहाँले व्यक्त गर्नुभयो । अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एआइआइबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उहाँले दोहोयाउनुभयो ।

    सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जियायीलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले एआइआइबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

    अर्थमन्त्री डा वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गर्नुभयो । छलफलकै क्रममा अर्थमन्त्री डा वाग्लेले अध्यक्ष जियायीलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभयो ।

    सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
    पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
    बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
    मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
    अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
    साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त

    • ३.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म

    • ४.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई

    • ५.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ६.
      नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    भर्खरै

    • १.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    • २.
      पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

    • ३.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

    • ४.
      मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

    • ५.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • ६.
      साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    • ७.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • ८.
      लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation