Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • ५ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • ७ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • ७ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • ८ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • ८ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • ९ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • ९ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • ९ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. फरार प्रतिवादी पक्राउ

  • ३. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ४. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

  • ९. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • १०. सुनकोशी नदीमा कार खस्यो

धनुषामा सम्बन्धविच्छेदका घटना बढे


  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित
  • जनकपुरधाम, साउन २०- धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालतको पछिल्लो तथ्याङ्कले सामाजिक संरचना, बसाइँसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्धविच्छेदको घटना बढेको देखाएको हो ।

    Advertisement

    अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ समेत अदालतमा सम्बन्धविच्छेदका ५०० मुद्दा अदालतमा थिए । त्यसमध्ये २८१ मुद्दामा फैसला भइसकेको छ भने २१९ मुद्दा विचाराधीन रहेको सूचना अधिकारी महतोले बताउनुभयो । अघिल्लो आव २०८१/८२ मा सम्बन्धविच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए । त्यस वर्ष ३४७ मुद्दामा फैसला भएको थियो ।

    एक सय ६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए । सम्बन्धविच्छेदसम्बन्धी मुद्दा लगातार बढ्दो दर्ता सङ्ख्याले धनुषामा वैवाहिक सम्बन्धमा तनावको प्रवृत्ति बढ्दै गएको देखाएको छ । शिक्षामा चेतनासगै महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी बेग्लै रहनुपर्ने परिस्थिति, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले वैवाहिक सम्बन्ध अन्त्यका घटना बढिरहेको कानुन व्यवसाय राजकुमार महासेठले बताउनुभयो । उहाँका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट ल्याएको परिवर्तन, एक्लै बस्न रुचाउने जीवनशैली तथा व्यक्तिगत स्वतन्त्रताको बढ्दो चेतनाले दाम्पत्य सम्बन्धलाई नयाँ चुनौती दिइरहेको छ ।

    पछिल्लो समय महिला वा पुरुष दुवैले आफूलाई अन्याय भएको महसुस गरेमा कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ । बढिरहेको सम्बन्धविच्छेदले समाजमा एकातिर व्यक्तिगत अधिकारप्रति देखिएको जागरूकता तथा अर्कोतर्फ पारिवारिक सम्बन्धमा संवाद र सहिष्णुताको कमी हुँदै गएको सङ्केत पनि गरेको छ ।

    कानुन व्यवसायी दीपककुमार विश्वकर्माका अनुसार सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता पनि बढ्दै गएको छ । समयमै परामर्श, मनोवैज्ञानिक सहयोग, वैवाहिक शिक्षा र पारिवारिक संवादलाई प्रोत्साहन गर्न सके बढिरहेको सम्बन्धविच्छेदका घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने छ ।

    बुधबार, साउन २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
    हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      फरार प्रतिवादी पक्राउ

    • ३.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ४.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ५.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation