वीरगन्ज(पर्सा), साउन २० – प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
Advertisement
प्रहरीले चेक अनादारमा छ, चोरीमा एक, कुटपिट दुई, घरेलु हिंसा तीन र बिगो भरिभराउ एक गरी १३ जनालाई पक्राउ गरेको हो । बिगो भरिभराउ मुद्दा शीर्षकका प्रतिवादी एक जनालाई दुई वर्ष कैद तोकिएको छ । त्यसैगरी चेक अनादार छ जनालाई रु आठ हजार ५०० जरिवाना, चोरीका एक जनालाई रु पाँच हजार, कुटपिटका दुई जनालाई रु छ हजार र घरेलु हिंसाका तीन जनालाई रु १५ हजार जरिवाना गरिएको छ ।
