Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ९ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १० घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १२ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप


  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
  • भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् ।

    Advertisement

    बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ । एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ । अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् ।

    संयोजक पौडेलका अनुसार सोमबार भिडियो एक्सरे गरेका बिरामीको सङ्ख्या ५०७ रहेको छ । यसमध्ये बिमाका ४१५ जना हुन् भने ९२ जना बिमा नभएका बिरामी हुन् । एकैदिन ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको उहाँले बताउनुभयो । अस्पतालमा आएका बिरामीमध्ये ८० वर्ष नाघेका बिरामीको सङ्ख्या १०९ जना रहेको छ भने ६० वर्षदेखि ७९ वर्षसम्म उमेरका बिरामी ७१३ जना रहेका छन् ।

    भरतपुर अस्पताल स्वास्थ्य बिमाका लागि देशमा नै नमूनाका रूपमा लिने गरिन्छ । यहाँ चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप उच्च हुँदै गएको हो । स्वास्थ्य बिमा बोर्डबाट यस अस्पतालले गत आर्थिक वर्षमा रु ९२ करोड ३६ लाख ४२ हजार ९४७.३६ भुक्तानी पाएको छ ।

    अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेबापत अस्पतालले यो भुक्तानी पाएको हो । पौडेलका अनुसार अघिल्लो आव र गत आवको मङ्सिरसम्मको भुक्तानी आएको हो । त्यसयताको झन्डै रु ४० करोड भुक्तानी आउन बाँकी छ । अस्पतालले विसं २०७४ भदौबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमामार्फत अस्पतालले रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिरामीको चाप उच्च हुँदा व्यवस्थापनमा जटिलता आएको बताउनुभयो । अहिले अस्पतालको ध्यान गुणस्तरभन्दा भीड व्यवस्थापनमा केन्द्रित हुनुपरेको उहाँले बताउनुभयो । अस्पतालले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकासँग विस्तारित सेवा सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएको उहाँले बताउनुभयो ।

    पहिलो चरणमा नियमित खाने औषधि, प्रयोगशालाको सेवाजस्ता सामान्य समस्या लिएर आउने बिरामीलाई पालिकास्तरमा सेवा दिन सके चाप घट्ने र बिरामीले सहज सेवा पाउने उहाँको भनाइ छ । क्रमशः पालिकाहरूसँग सहकार्य गरेर आधारभूत सेवा त्यही दिनेगरी छलफल अघि बढाइएको उहाँ बताउनुहुन्छ । यस्तै रत्ननगर बकुलहर अस्पतालसँग समेत सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ ।

    बगालेले भन्नुभयो, “सामान्य समस्या भएका बिरामीलाई स्थानीय तहमा उपचार गर्ने र यहाँ विशिष्टिकृत सेवा दिनेगरी काम गर्नुपर्छ ।” भरतपुर अस्पताल अस्तव्यस्त र भीड व्यवस्थापनमा मात्र केन्द्रित नभई सेवाप्रवाह र गुणस्तर विकासमा लाग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँ बताउनुहुन्छ । पालिकाहरूमा क्रमशः बिरामीको भर्ना र शल्यक्रियासम्म गर्न केही समय लाग्ने भए पनि यससँगै भरतपुर अस्पतालले विशिष्टिकृत सेवामात्रै दिन सक्ने बताउनुभयो ।

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation