Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ९ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १० घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १२ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
  • सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न नदी नियन्त्रण कार्यक्रमअन्तर्गत १४.७३८ किलोमिटर तटबन्ध निर्माण गरेको छ । नदी कटान तथा बाढीबाट जनधन र कृषियोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत झापासहित पूर्वी पहाडी जिल्लाका विभिन्न नदीमा तटबन्ध निर्माण गरिएको हो ।

    Advertisement

    आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार कार्यालयले अघिल्ला वर्षदेखि नै नदी नियन्त्रणलाई निरन्तरता दिँदै आएको छ भने गत आर्थिक वर्षमा थप १४.७३८ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको हो ।

    “नदी कटानको जोखिम न्यूनीकरण गर्दै मानव बस्ती, कृषि भूमि र भौतिक पूर्वाधारको सुरक्षा गर्ने लक्ष्यका साथ हरेक वर्ष तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ”, इन्जिनियर भण्डारीले भन्नुभयो, “गत आवमा पनि भौगोलिक कठिनाइका बीच विभिन्न नदीहरूमा उल्लेखनीय प्रगति हासिल भएको छ ।

    चालु आवमा पनि आवश्यकता र जोखिमका आधारमा तटबन्ध निर्माणलाई निरन्तरता दिइनेछ ।” आयोजना कार्यालयका अनुसार गत आवमा विभिन्न आठवटा मुख्य नदीमा तटबन्धकोे काम भएको छ । झापाका रतुवा–मावा नदीमा १.८५४ किलोमिटर, कमलमा २.७५० किलोमिटर, कन्काईमा ३.७२५ किलोमिटर, विरिङमा ३.१३७ किलोमिटर र मेची नदीमा १.२०९ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

    त्यस्तै इलामको माई नदीमा १.२९५ किलोमिटर, पाँचथरको हेवामा ४६९ मिटर र ताप्लेजुङको काबेलीमा २९६ मिटर तटबन्ध निर्माण गरिएको छ । हेवा, काबेली र माई नदीमा गत आवदेखि पहिलोपटक नियन्त्रणको काम सुरु गरिएको आयोजनाले जनाएको छ । नदी नियन्त्रण तथा तटबन्ध निर्माणका ती सम्पूर्ण आयोजना कार्यान्वयनका लागि आव २०८२/८३ मा कुल रु ५८ करोड ३८ लाख २९ हजार खर्च भएको छ ।

    आयोजना कार्यालयको समग्र वार्षिक वित्तीय प्रगतिको २९.५३ प्रतिशत रहेको जनाइएको छ । आयोजनाले मुख्य रूपमा झापाका ठूला नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोजनाले छिमेकी जिल्ला मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका नदी संरक्षण तथा तटबन्ध निर्माणको प्राविधिक तथा प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै आएको छ ।

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation