Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ९ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १० घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १२ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

प्रदेशमा वामपन्थी सहकार्य गर्न झलनाथको जोड, निर्णय गर्नुअघि बैठक बोलाउन माग


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • ३ साउन, काठमाडौं ।

    Advertisement

    नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन्।

    नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले बालेन शाह नेतृत्वको नयाँ सरकार बनेपछि मुलुकका समस्या समाधान हुने आम जनताको आशा निराशामा परिणत भएको दाबी गरेका छन्।

    वर्तमान सरकारको पालामा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताको सूचनाको हक, छिमेकीसँगको सम्बन्ध र राज्यका अङ्गहरूबीचको सम्बन्धसमेत खलबलिन थालेको उनको आरोप छ। ‘यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन्,’ खनालले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र घरेलु अस्तव्यस्तताविरुद्ध आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको देख्न चाहन्छन्।’

    विगतमा नीतिहीन, वर्ग दृष्टिकोणविहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग एकता गरेर कम्युनिस्ट पार्टीले गल्ती गर्दै आएको भन्दै खनालले फेरि त्यस्तै साँठगाँठ गरेर पार्टीको प्रतिष्ठामा थप आँच पुर्‍याउने खतरा बढेको औँल्याएका छन्। विशेषगरी प्रदेश सभामा सरकार बनाउने सन्दर्भमा भइरहेका राजनीतिक कसरतप्रति लक्षित गर्दै उनले कुनै पनि नयाँ राजनीतिक समीकरण बनाउनुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन्।

    ‘कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्। आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस्,’ उनले माग गरेका छन्, ‘क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्।’

    खनालले ‘केही नेताहरूको व्यक्तिगत स्वार्थ र कुर्सी मोहका लागि गरिने सम्झौतावादी प्रवृत्ति रोक्न आग्रह गर्दै अहिलेको समय पदका लागि साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको’ दाबी गरेका छन्। वामपन्थीहरूले आफूभित्रका आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल गर्नुपर्ने उनको सुझाव छ।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation