Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ९ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १० घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १२ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे, राजस्व घट्यो


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको तुलनामा ४१ हजार ५९४ ले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक पुगेका छन् ।

    Advertisement

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या २ लाख ३१ हजार ३२९ थियो । निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष निकुञ्ज घुम्नेमा १ लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ तेस्रो मुलुकका पर्यटक रहेका छन् ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा १ लाख १७ हजार २०६ नेपाली पर्यटक निकुञ्ज पुगेका थिए । त्यस अवधिमा सार्क मुलुकबाट २४ हजार ८०० र तेस्रो मुलुकबाट ८९ हजार ३२३ पर्यटक आएका थिए ।

    गत वर्ष नेपाली पर्यटकको संख्या ४४ हजार १६९ ले बढ्दा सार्क र तेस्रो मुलुकका पर्यटक भने केही घटेका छन् । निकुञ्जका अनुसार सबैभन्दा धेरै पर्यटक कार्तिक महिनामा ३२ हजार २५२ जना पुगेका थिए भने सबैभन्दा कम साउनमा ७ हजार ७३ जना पुगे । असोजदेखि जेठसम्म पर्यटकको चाप उच्च रहने गरेको छ । विगतमा चैतपछि पर्यटक संख्या घट्ने प्रवृत्ति रहे पनि गत वर्ष भने जेठसम्म वृद्धि कायम रहेको निकुञ्जले जनाएको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा धेरै नेपाली पर्यटक कार्तिक (१९ हजार १०९) र वैशाख (१८ हजार ४६) मा पुगे । सार्क मुलुकका पर्यटक सबैभन्दा बढी जेठमा (५ हजार ८६३) आएका थिए भने तेस्रो मुलुकका पर्यटक कार्तिक (१० हजार ३२६) र फागुन (११ हजार ८०९) मा सबैभन्दा बढी निकुञ्ज पुगे ।

    निकुञ्जको इतिहासमा सबैभन्दा धेरै पर्यटक आर्थिक वर्ष २०८०/८१ मा आएका थिए । त्यस वर्ष ३ लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । सोही वर्ष निकुञ्जले ३६ करोड ७२ लाख ९२ हजार ८०७ रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा निकुञ्जमा २ लाख ९९ हजार ४१२ पर्यटक पुगेका थिए । पछिल्लो १० वर्षको तथ्यांकअनुसार सबैभन्दा कम पर्यटक आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ जना आएका थिए ।

    कोरोना महामारीको प्रभाव परेको आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २२८ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । पर्यटक बढ्दा पनि राजस्व घट्यो पर्यटक संख्या बढे पनि निकुञ्जको राजस्व भने घटेको छ । सूचना अधिकारी थापामगरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जले ३१ करोड १ लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने निकुञ्जले ३३ करोड ८६ लाख रुपैयाँ राजस्व उठाएको थियो ।

    उनका अनुसार विदेशी पर्यटकको संख्या घटेकाले राजस्वमा कमी आएको हो । जेन–जी आन्दोलन तथा इरान–अमेरिका द्वन्द्वका कारण अपेक्षाअनुसार विदेशी पर्यटक नेपाल आउन नसक्दा त्यसको प्रत्यक्ष असर चितवन राष्ट्रिय निकुञ्जमा पनि परेको उनले बताए । निकुञ्जमा प्रवेश शुल्क नेपालीका लागि प्रतिव्यक्ति १५० रुपैयाँ, सार्क मुलुकका नागरिकका लागि १ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि २ हजार रुपैयाँ तोकिएको छ ।

    निकुञ्ज प्रवेश गर्ने जिपका लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ । निकुञ्जमा पर्यटक प्रवेशका लागि ६ वटा प्रवेशद्वार सञ्चालनमा छन् । तीमध्ये सबैभन्दा धेरै पर्यटक सौराहा नाकाबाट प्रवेश गर्ने गरेका छन् । गत आर्थिक वर्ष मात्रै २ लाख ३७ हजार २५ पर्यटक सौराहाबाट निकुञ्ज प्रवेश गरेका थिए । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चितल, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, वनस्पति तथा सरिसृपका लागि परिचित छ ।

    पर्यटकले यहाँ जिप सफारी र जंगल वाकमार्फत वन्यजन्तु अवलोकन गर्ने गर्छन् । हरेक वर्ष असारको तेस्रो सातादेखि असोजको पहिलो सातासम्म वर्षायामका कारण जिप सफारी बन्द गरिन्छ । चितवन जिल्लाका सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट र सिराइचुलीलगायतका क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका प्रमुख आकर्षणका केन्द्र हुन् ।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation