Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ९ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १० घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १२ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

मध्य बर्खापछि नारायणगढ-मुग्लिन खण्डमा पहिरो रोक्न ठेक्का सम्झौता


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • ३ साउन, चितवन । मध्य बर्खा लागेपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (दाँया) र नाम्सी खोला (दायाँ) मा पहिरो रोकथामका ठेक्का सम्झौता भएको छ ।

    Advertisement

    सडक डिभिजन कार्यालय भरतपुरले आह्वान गरेको ठेक्का बाभरी कन्स्ट्रक्सन प्रा.लि धुम्बराही काठमाण्डौंले पाएको छ । कार्यालयले करिब २५ करोड लागत अनुमान गरेर वैशाख २५ गते आह्वान गरेको ठेक्का बाभरीले २२ करोड २१ लाख १२ हजारमा पाएको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार यही साउन महिनादेखि १० महिनाभित्र काम सक्ने गरी सम्झौता गरिएको छ ।

    नारायणगढ-मुग्लिन सडकका इन्जिनियर अर्जुन घिमिरेले ठेकदार कम्पनीले आफ्ना औजार उपकरणहरु झिकाएर काम थाल्ने विश्वास व्यक्त गरे । बर्खाको समय भएकोले काम गर्न असहज भए पनि मौसम र अवस्था हेरेर स्लोपमा रहेका ढुंगाहरू झार्ने, स्लोप मिलाउन जस्ता कार्य गर्न सक्ने इन्जिनियर घिमिरेले बताए । पहिरो रोकथाम तथा नियन्त्रणका लागि ३ तरिकाको नेटिङ्ग राखिनेछ ।

    चार मिटर लामो, २८ एमएम ब्यास भएको जालीका साथै रक एङ्करिङ लगायतका कामहरू गरिनेछन् । पहिरो रोकथामका लागि काम भएको ठाउँलाई तीन भागमा बाँडेर सबैभन्दा माथिल्लो र बीचको भागमा बायो- इन्जिनियरिङ्गका कामहरू गरिने इन्जिनियर घिमिरेले जानकारी दिए । पानी रसाउने ठाउँहरुमा पानीको पाइपहरू १० मिटरसम्म घुसाएर पानीलाई बाहिर निकाल्ने कामहरु आवश्यकता अनुसार गर्ने सम्झौतामा उल्लेख छ ।

    यो खण्डको सडक विस्तार तथा पुल निर्माणका क्रममा भित्ता काट्दा कमजोर चट्टान झरेर हरेक वर्ष पहिरो जाने र उच्च जोखिम भएको क्षेत्र हो । हरेक वर्ष दुःख दिँदै आएको तुइन खोला र नाम्सी खोला क्षेत्रको पहिरो रोकथाममा ढिलासुस्ती हुँदा यात्रुले यात्राका क्रममा दुःख पाएका छन् । बर्खा लागेपछि सडक डिभिजनले ठेक्का लगाए पनि काम गर्न असहज हुन सक्ने देखिएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले जेनजी आन्दोलन, डिजाइन परामर्शदाता छनौट, मन्त्रालयको सहमती, डिजाइन जस्ता कामले ठेक्का लगाउन ढिला भएको बताए । डिजाइन गर्दा नै २/३ महिना लागेको लामिछानेले जानकारी दिँदै लामिछानेले कामलाई सम्झौता अवधि भित्र नै सक्न सक्दो पहलकदमी लिने बताए ।

    रातको समयमा पहिरो या ढुङ्गा खस्दा टाढाबाट प्रष्टसँग देख्न सकियोस् भनेर डिभिजन सडक कार्यालयले दुईवटा फ्लड लाइट र पहिरोको अवस्था हेर्न सिसी क्यामेरा जडान गरेको छ । तुइनखोला पुलको नारायणगढतर्फको भागमा भित्ता काट्दा कमजोर चट्टान भएका कारणले पहिरो जाने गरेको छ । गत वर्ष असोज ३ र ७ गते तुइन खोलामा माथिबाट पहाड नै खसेको थियो ।

    पहिरो पन्छाएर यातायात सञ्चालन गर्न ३ दिन लागेको थियो । यस बर्ष पनि बेलाबखतमा साना साना सुख्खा पहिरो सो क्षेत्रमा खस्ने गरेको छ । कालीखोला र नाम्सी खोला (बाँया) खण्डको ठेक्का सम्झौता हुन बाँकी मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत नै पहिरोको अर्को जोखिम रहेको क्षेत्र काली खोला र नाम्सी खोलाको बाँया खण्डमा माथिबाट आउने पहिरो रोकथामका लागि पनि ठेक्का आह्वान गरिएको छ ।

    गत वैशाख १९ गते सडक डिभिजन कार्यालय भरतपुरले आह्वान गरेको ठेक्काको म्याद सकिएर मूल्याङ्कन तथा सम्झौता गर्न भने बाँकी नै छ । एमएस जीएस सुनकोशी जेभी चितवनको आर्थिक प्रस्ताव खोलेर मूल्याङ्कन तथा क्लियरेन्स लिन बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख लामिछानेले जानकारी दिए ।

    राजधानी काठमाडौं, पोखरा लगायतका सहरहरूको लाइफलाइन मानिने यो सडकखण्ड भएर दैनिक १० हजारभन्दा बढी साना ठूला सवारी साधन आवतजावत गर्ने अनुमान छ । ३६ किलोमिटर लामो यो सडकखण्डमा २६ मध्यम, १४ सामान्य र ९ वटा उच्च जोखिम क्षेत्र छन् । त्यसमध्ये तुइन र नाम्सी सबैभन्दा उच्च जोखिम क्षेत्र हुन् ।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation