Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • १ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • २ घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ४ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ५ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ५ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटायो


  •   शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
  • काठमाडौंः मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच एक सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ।

    Advertisement

    यस सम्झौतापछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै यसबारे बोलेका छन्। गत फेब्रुअरीमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मोज्तबाले राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हतास भएर’ यो सम्झौता गरेको दाबी गरे।

    उनले आफ्नो फरक मत भएपनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसुद पेजेस्कियानको आश्वासनपछि मात्र सम्झौता अघि बढ्न दिएको स्पष्ट पारेका छन्। यद्यपि, अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेन्डा स्वीकार गर्नु नहुने उनले बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको मोर्चासहित सबै क्षेत्रमा पूर्ण युद्धविराम हुने अपेक्षा व्यक्त गरेका छन्। यो सम्झौतामा १४ वटा मुख्य बुँदाहरू रहेका छन्।

    जसमा रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्मुजको जलसन्धि’ पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ। उक्त कोषमा अमेरिकाले भने रकम योगदान गर्नुनपर्ने समाचारमा उल्लेख छ। यो सम्झौता आगामी ६० दिनभित्र अन्तिम चरणमा पुग्ने लक्ष्य राखिएको छ।

    स्विजरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भएपनि दुवै देशले भर्चुअल माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उप–राष्ट्रपति जेडी भान्स स्विजरल्याण्ड जाने तयारीमा छन्। यद्यपि, अमेरिकाभित्रै यस सम्झौताको आलोचना सुरु भएको छ।

    रिपब्लिकन सिनेटर बिल क्यासिडीले यसलाई दशककै सबैभन्दा ठूलो कूटनीतिक गल्तीको संज्ञा दिएका छन्। उनले इरानको आणविक महत्वाकांक्षा नरोकिएको र नाकाबन्दी हटाएर इरानलाई थप बलियो बनाइएको तर्क गरेका छन्। यता उप–राष्ट्रपति भान्सले भने इरानले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म प्रतिबन्धहरू नहटाउने भन्दै सम्झौताको बचाउ गरेका छन्।

    सम्झौताको विषयलाई लिएर इजरायली मन्त्रीहरू इतामार बेन ग्विर र बेजालेल स्मोट्रिचले पनि आपत्ति जनाएका छन्। यसको जवाफमा भान्सले इजरायली क्याबिनेटलाई वास्तविकता बुझ्न र आफ्नो एक मात्र शक्तिशाली सहयोगीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।

    शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation