Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • १ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • २ घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ४ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ५ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ५ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले २ पद रिक्त छ । सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका वामदेव गौतमको कार्यकाल गत फागुन २० मै सकिएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित बलदेव बोहरा (नेपाली कांग्रेस)को गत पुस ३० गते निधन भएको भएको थियो । यी दुई रिक्त सदस्य पदमा अहिलेसम्म पदपूर्ति भएको छैन ।

    Advertisement

    जुन प्रक्रियाबाट राष्ट्रिय सभा सदस्य भएकाको पद रिक्त हुन्छ, सोही प्रक्रियामार्फत नयाँ नियुक्त गर्नुपर्ने प्रावधान छ । त्यसैले रिक्त दुई सिटमध्ये एउटा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने र अर्को निर्वाचनका माध्यमबाट पदपूर्ति गर्नुपर्ने अवस्था छ ।

    त्यसो त, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यका लागि सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले त्यतिबेलाका गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरेको थियो । गत चैत १ गते अर्यालयको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरिएको थियो । त्यो सिफारिस होल्डमा रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले जानकारी दिए ।

    ‘अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्य पदका लागि सिफारिस गरेको विषय अहिले सम्माननीय राष्ट्रपतिज्यूले होल्डमा राख्नुभएको छ,’ प्रवक्ता शाक्यले  भने, ‘बहालवाला गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले बहालवाला लाभको पदमा रहेको व्यक्तिालाई अर्को लाभको पदमा सिफारिस गर्ने कि नगर्ने ? नयाँ सरकार बन्न लागेको अवस्थामा अन्तरिम सरकारले गरेको सिफारिसलाई समर्थन गर्छ कि गर्दैन भनेर प्रश्न सोधिएको थियो ।’

    प्रवक्ता शाक्यका अनुसार त्यो प्रश्नको जबाफ न कार्की नेतृत्वको सरकारले दियो, न त वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले दियो । शाह नेतृत्वको सरकारले अर्याललाई नै मनोनीत गर्न पनि नभनेको र नयाँ नाम पनि सिफारिस नगरेकाले अहिले अघिल्लो सरकारको सिफारिस होल्डमै रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बलदेव बोहराको गत पुस ३० गते निधन भएको भएको थियो । बोहोराको निधन भएपछिको रिक्त स्थान पदपूर्तिका लागि भने निर्वाचन नै गराउनुपर्ने हुन्छ । निर्वाचन आयोगले रिक्त पदमा निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छैन ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सदस्य रिक्त भएको औपचारिक जानकारी आयोगमा आएको तर निर्वाचन प्रक्रिया भने सुरु नभएको बताए । कहिले सुरु गर्ने भन्ने विषय छलफलमै रहेको उनले बताए । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐन २०७५ मा सदस्य रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न हुनेगरी कार्यतालिका तोक्नु पर्ने व्यवस्था भए पनि अहिलेसम्म निर्वाचनको तालिका सार्वजनिक भएको छैन ।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation