Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • २ मिनेट 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • ३४ मिनेट 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ३ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ४ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ४ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • माडी । माडी नगरपालिका वडा नं–८ स्थित वैकुण्ठ क्षेत्रमा अरण्य बौद्ध विहार (बुद्ध पार्क)को निर्माण कार्य अगाडि बढाइएको छ । जापानी समाजसेवी मिहो तानवाराको आर्थिक सहयोग र स्थानीय जनसहभागिताको जगमा पार्क निर्माण अगाडि बढाइएको हो ।

    Advertisement

    पार्कमा पूर्णकदको भीमकाय बुद्धमूर्ति तथा बौद्ध स्तूपा निर्माण कार्य सुरु भएको छ । पार्कमा प्रवेशद्वार, बाटोका सिँढी, सत्तल, बौद्ध स्तूपा, ध्यान केन्द्र, कम्पाउन्ड पर्खाल तथा भविष्यमा बुद्ध कलेज सञ्चालनसम्मको योजना रहेको अरण्य बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । बुद्ध पार्कभित्र बन्ने स्थायी मूर्तिका साथै अन्य निर्माणका कामहरु जापानी समाजसेवी तान्वारा मिहो सोसियल वेलफेयर फाउन्डेसनकी प्रमुख मिहो तान्वाराको विशेष सहयोगमा बन्ने उनले बताए ।

    भारतको नयाँदिल्लीमा बस्दै आएका बलराम आचार्यको सहयोगमा सुन्दर सत्तल निर्माण भएको र उपेन्द्र जोशी र उनको परिवारले पार्कको प्रवेशद्वारमा एउटा आकर्षक गेट निर्माण गरेको अध्यक्ष अधिकारीले बताए ।

    त्यस्तै, वडा नं–८ को कार्यालयले पार्कसम्म पुग्न सहज बनाउन रेलिङसहितको व्यवस्थित सिँढी निर्माण गरेर सराहनीय योगदान पुर्‍याएको छ । पार्कलाई थप सुसज्जित बनाउन विहार व्यवस्थापन समितिका उपाध्यक्ष मोहन आलेमगरले दुईवटा बुद्धमूर्ति प्रतिस्थापन गरेका छन् भने माडीकी नगरप्रमुख ताराकुमारी काजी महतोले व्यक्तिगतरुपमा १८ हजार रूपैयाँ मूल्यबराबरको साउन्ड सिस्टम प्रदान गर्नुका साथै माडी नगरपालिकाले मोटर जडान गरी पिउने पानीको भरपर्दो प्रबन्ध मिलाइदिएको उनले बताए ।

    वैकुण्ठ सामुदायिक वनको जङ्गल क्षेत्रभित्र निर्माण हुँदै गरेको बुद्ध पार्कले माडी क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटन विकासमा ऐतिहासिक मोड ल्याउने अध्यक्ष अधिकारीले विश्वास गरे । बुद्ध पार्कले हिन्दु–बौद्ध धार्मिक सहअस्तित्व, सहिष्णुता र साझा मानवीय मूल्यहरुलाई उजागर गर्नेछ । कर्म, पुनर्जन्म, मुक्ति र ध्यानजस्ता दुवै धर्मका साझा धारणा बोकेको यो स्थल धर्म, संस्कृति र मानवताको साझा चौतारी बन्ने लक्ष्यसहित अघि बढाइएको छ ।

    २०८२ वैशाख २९ गते बुद्ध जयन्तीको पावन अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र जापानी समाजसेवी मिहो तानवाराले संयुक्तरुपमा बुद्ध पार्कको शिलान्यास गरेका थिए । २५६९औँ बुद्ध जन्मजयन्तीको दिन पञ्चेबाजा, बौद्ध स्तोत्र र परम्परागत परिपाटीअनुसार भव्य समारोह आयोजना गरिएको थियो । सोही दिन पूर्णकदको बुद्धमूर्तिको नमुना पनि सार्वजनिक गरिएको थियो । माडी–८ स्थित वैकुण्ठ सामुदायिक वनभित्रको वैकुण्ठेश्वर ताल पछिल्लो समय माडीको पर्यटकीय तथा धार्मिक गन्तव्य बन्दै गएको पर्यटन विकास समितिका अध्यक्ष राजकुमार परियारले बताए ।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation