नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू कम रहेको बताएका छन् । शनिबार कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
Advertisement
सभापति देउवाले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताउँदै अहिले पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको बताए।