Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ४ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ६ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ६ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ७ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

महोत्सवले चलायमान बनाएको कलाकारको जीवन


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • हिउँदे याम केवल चिसो याममात्र होइन। बरु हिउँद मेला–महोत्सव आयोजनाको यामका रुपमा परिचित छ। यसका साथै मेला-महोत्सव स्थानीय उत्पादन‚ कला‚ संस्कृति तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यो अर्को सकारात्मक पक्ष बनेको छ।

    Advertisement

    स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवर्द्धन गर्नका लागिसमेत यस्ता मेला-महोत्सव हुँदै आएका छन्। महोत्सवबाट मौलिक संस्कृतिको संरक्षण र जगेर्नामा सघाउ पुग्ने गरेको छन्।

    २ वर्षअघिसम्म कोभिड–१९ महामारी आइलागेपछि मेला–महोत्सवले गति लिन सकेन। ठप्पजस्तै देखिएका मेला-महोत्सवले कोभिड महामारी अन्त्यपछि पुनः पुरानै लय समात्न थालेका छन्।

    मुलुक आर्थिक मन्दीको मारमा परिरहेका बेला यस्ता मेला–महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने गरेको छ। यसका केही गतिला उदाहरणमा ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव यही पुस ५ गतेदेखि १६ सम्म आयोजन भयो। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो।

    यसैगरि रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको महोत्सव ५ दिनसम्म चल्यो। पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाले पनि आफ्नो ३२औँ संस्करण हालै सम्पन्न गरेको छ।

    माघे सङ्क्रान्ति पर्व पारेर म्याग्दीको बेनी, बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुमा ठूला मेला लाग्दै छन्। यी मेला इतिहास र परम्परासँग जोडिएका छन्। चाडपर्वका याममा गाउँघरमा आयोजना गरिने स–साना मेला, उत्सवले पनि उस्तै रौनक त थपिरहेका छन् नै साथमा व्यापार व्यवसाय पनि प्रवर्द्धन गर्दै आएका छन्।

    कोरोनाले थलिएको अर्थतन्त्रलाई मेला-महोत्सवले चलायमान बनाउने गरेको व्यवसायीहरू बताउँछन्। महोत्सवमा हुने किनमेल र बन्दव्यापारले थोरै भए पनि व्यवसायीले राहत महसुस गर्ने कतिपयको बुझाइ छ।

    पोखरा महोत्सवको आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले पर्यटन प्रवर्द्धनका साथै आर्थिक गतिविधिमा मेला–महोत्सवले टेवा पुर्‍याउने केही दिनअघि बताएका थिए।

    ‘महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्’, उनले राससलाई दिएको प्रतिक्रियामा भनेका थिए, ‘कोरोना महामारी र आर्थिक मन्दीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुगेको छ।’

    देशभर नै यतिखेर मेला-महोत्सवहरू चलिरहेका छन्। यी मेला-महोत्सवको मुख्य ध्येय नै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनु र स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्नु नै हो। यतिमात्र होइन मेला-महोत्सवमा हुने कलाकारहरूको उपस्थितिले उनीहरूको आर्थिक उपार्जनमा पनि टेवा पुर्‍याइरहेको छ।

    • महाेत्सव
    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation