Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १४ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १४ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १४ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ३ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ३ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ३ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ३ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ३ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • काठमाण्डौ – नेपालका ८५ प्रतिशत अभिभावकले बालबालिकासँग अनलाइन यौन शोषण र दुर्व्यवहारबारे कुराकानी नगर्ने गरेका पाइएको छ । अनलाइन बाल सुरक्षाको लागि कार्यरत संस्था चाइल्ड सेफनेटले सार्वजनिक गरेको ‘नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिका अभिवृद्धि’ अनुसन्धान प्रतिवेदनले अभिभावक बालबालिकासँग नखुल्ने गरेका देखाएको हो ।

    Advertisement

    प्रतिवेदन राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्ड सेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै ढकालले प्रविधिको तीव्र विकास र बालबालिकाको बढ्दो अनलाइन पहुँचले उनीहरू अनलाइन हिंसाको जोखिममा परेका बताउनुभयो ।

    सेफ अनलाइन फण्ड र टेक को–अलिशनको सहयोगमा सञ्चालित यो अध्ययनले काठमाण्डौ र ललितपुर जिल्लामा मिश्रित विधि (मिस्ड–मेथोड) प्रयोग गरिएको थियो । जसमा ६ देखि १७ वर्ष उमेरका बालबालिकाका नौ सय जना अभिभावकसँग सर्वेक्षण गरिएको थियो । साथै निर्धारित समूह छलफल (फोकस ग्रूप डिस्कोर्ष) र अभिभावक, बालबालिका, विज्ञहरू तथा सरोकारवालासँग विस्तृत अन्तर्वार्ता (की इन्फोर्म्यान्ट इन्टरभ्यू) गरिएको थियो ।

    अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र प्रतिवेदनका मुख्य लेखक अनिल रघुवंशीले यस अध्ययनले अभिभावकहरूले अनलाइन यौन शोषण र दुर्व्यवहारका सन्दर्भमा बालबालिकालाई कसरी सुरक्षित राख्ने गरेका छन् भन्ने बुझाइ, दृष्टिकोण र व्यवहारबारे जानकारी सङ्कलन गरिएको जानकारी दिनुभयो ।

    अध्ययनमा एकल आमाबुवा, अपाङ्गता भएका बालबालिकाका हेरचाहकर्ता जस्ता व्यक्तिहरुका धारणा पनि समावेश गरिएका छन् । रघुवंशीका अनुसार अभिभावकहरुमा अनलाइन जोखिमबारे चिन्ता त देखिन्छ तर धेरैले त्यस्ता जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, जानकारी र सहयोगको अभाव महसुस गरेका छन् ।

    प्रतिवेदनका सह–लेखक तुलसा खड्काले धेरैजसो बालबालिकाले आफ्नै मोबाइल नभए तापनि, उनीहरूले परिवारका सदस्यहरूको मोबाइलबाट इन्टरनेट चलाउने गरेका अनुसन्धानमा देखिएको बताउनुभयाे ।  अध्ययनमा ४५ प्रतिशत बालबालिकाले आफ्नै उपकरण प्रयोग गर्ने गरेको जानकारी अभिभावकहरुले दिएका छन् । साथै, ३४ प्रतिशत बालबालिकासँग आफ्नै सामाजिक सञ्जाल खाता र २९ प्रतिशत बालबालिकाले परिवारका सदस्यहरुका खाताहरू प्रयोग गर्ने गरेको पाइएको छ ।

    अनुसन्धान प्रतिवेदनका अर्का सह–लेखक सुलभ रत्न बज्राचार्यले नेपालका ८५ प्रतिशत अभिभावकहरूले अनलाइन बाल यौन शोषण र दुर्व्यवहारसम्बन्धी विषयमा आफ्ना बच्चासँग कहिल्यै कुराकानी गर्ने नगरेको बताउनुभयाे ।

    त्यसैगरी लैङ्गिक अल्पसङ्ख्यक क्वेयर बालबालिकाले आफ्नै परिवारभित्रबाट समेत घृणा, भेदभाव र दुर्व्यवहार सहनुपर्ने अवस्था रहेको अनुसन्धानले देखाएको छ । अनुसन्धान प्रतिवेदनमा अभिभावकहरूद्वारा सुझाइएका डिजिटल सुरक्षासम्बन्धी शिक्षा तथा प्राविधिक समाधानका उपायहरु पनि समेटेका छन् । अध्ययनका अनुसार ७३ प्रतिशत अभिभावकहरूले अहिलेसम्म कुनै पनि अभिभावकीय संयन्त्र प्रयोग नगरेको पाइएको छ ।

    कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्य चिकित्सक डा. नृपेश राजभण्डीरीले बालबालिकालाई अनलाइन यौन शोषण र दुर्व्यवहारबाट सुरक्षित राख्न अभिभावकहरुको भूमिकाबारे रोचक र उत्प्रेरक फायरसाईड च्याट संवाद गर्नुभएकाे थियाे

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
    गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ४.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ५.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ६.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation