माडी सांस्कृतिक तथा पर्यटन उत्सव २०८१ को उद्घाटन बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले गर्नुभएको छ ।
आज बैशाख १३ गते बिहिबार देखि २१ गतेसम्म सञ्चालन हुने उत्सवमा बिभिन्न समुदायको रीतिरिवाज झल्किने झाकि सहितको र्याली बजार परिक्रमा गरेर बसन्तपुरको खुल्ला चौरमा आएर सम्पन्न भएको थियो । उक्त उत्सवमा ब्यवसायीक प्रतिष्ठानका १ सय भन्दा बढी स्टलहरु साथै बाल उडान समेत रहेका छन् ।
माडीको पर्यटकिय एवं सांस्कृतिक प्रवद्र्धन साथै उत्सवबाट प्राप्त आम्दानीको केहि प्रतिशत खेलकुद तथा अन्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
Advertisement