Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • १० घण्टा 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • १० घण्टा 

ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
  • १ दिन 

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
  • १ दिन 

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
  • २ दिन 

१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
  • २ दिन 

जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
  • २ दिन 

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति
  • २ दिन 

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ४. पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ५. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ६. प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय

  • ७. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ८. काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

  • ९. निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

  • १०. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड


  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
  • काठमाडौं, भदौ २७ –

    Advertisement

    पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास परियोजनाको समयमै कार्यान्वयन र विज्ञान–प्रविधि तथा नवप्रवर्तनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

    काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले बदलिँदो विश्व व्यवस्थाबीच नेपालले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीतिको रणनीतिक दिशा तय गर्नुपर्ने बताए ।

    नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठको स्मरण गर्दै उनले काष्ठमण्डप संवादलाई नेपाल–चीन सम्बन्धको समीक्षा, विदेश नीतिका प्राथमिकतामाथि बहस र भावी सहकार्यका व्यावहारिक क्षेत्र पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरे । हालैको आकस्मिक बाढीबाट प्रभावित व्यक्ति तथा समुदायप्रति दुःख व्यक्त गर्दै खनालले विपद्का समयमा प्राविधिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा चीनप्रति आभार व्यक्त गरे ।

    उनले नेपाललाई समृद्धि र संकट दुवै अवस्थामा साथ दिने भरपर्दो मित्रका रूपमा चीनको भूमिका रहेको बताए । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले निरन्तर समर्थन जनाउँदै आएको उल्लेख गर्दै खनालले नेपाल एक–चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने नेपालको नीति रहेको उनले बताए ।

    आपसी विश्वास, सार्वभौमिकताको सम्मान र एकअर्काका मूलभूत चासोप्रतिको संवेदनशीलतालाई नेपाल–चीन सम्बन्धका आधारभूत पक्षका रूपमा उल्लेख गर्दै उनले सम्बन्धलाई पारस्परिक हितका आधारमा थप विस्तार गर्नुपर्नेमा जोड दिए । बदलिँदो अन्तर्राष्ट्रिय व्यवस्थाको चर्चा गर्दै खनालले चीनको बढ्दो प्रभाव, शाङ्घाई सहयोग सङ्गठनको महत्त्व, डलरमाथिको निर्भरता घटाउने विश्वव्यापी प्रवृत्ति तथा विश्वशक्तिको प्रभाव क्रमशः ग्लोबल साउथतर्फ सर्दै गएको अवस्थालाई नेपालले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताए ।

    उनले उदीयमान विश्व व्यवस्थामा नेपालको रणनीतिक स्थान सुनिश्चित गर्दा राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । अन्तर्राष्ट्रिय विकास पहलको प्रसङ्गमा खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतका कार्यक्रम अघि बढिरहँदा बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गतका परियोजना कार्यान्वयनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे ।

    विशेषगरी पार–हिमालय बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित सहमति भएका परियोजना गम्भीरतापूर्वक र समयमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
    सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
    ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते
    चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते
    १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    लोकप्रिय

    • १.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ४.
      पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको

    • ५.
      सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले

    • ६.
      प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी

    भर्खरै

    • १.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    • २.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

    • ३.
      ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

    • ४.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    • ५.
      धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

    • ६.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

    • ७.
      जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

    • ८.
      भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation